मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

लगानी सम्मेलनलाई सफल बनाउन सबै दल एकैठाउँमा छौँः अर्थमन्त्री पुन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अर्थनीतिको नयाँ आयाम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको जनाएका छन्।

सोमबार काठमाडौँमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको जिकिर गरे।

उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भए पनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिबद्धताहरु समान रहेको उल्लेख गरे।

उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गरे। प्रतिबद्धताहरु, नीतिका निरन्तरताहरु लगानी सम्मेलनमा देख्न सकिने उनको भनाइ थियो।

उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने जनाए।

उनले भने, ‘अब राजनीतिक रुपले लगानी सम्मेलन के हुन्छ भन्ने प्रश्न छ। कुनै पार्टी, सरकार विशेषको, कुनै गठबन्धन विशेषको नहोस् भनेर हामी यसलाई उद्घाटनदेखि समापनसम्म सबै सेसनमा सबै प्रवृत्तिहरु देखिने गरी काम गर्दैछौँ। त्यहाँ विज्ञ पनि होस्, लगानीकर्ताहरु पनि होउन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपले लेण्डरहरु पनि होउन्, अरु सक्सेस स्टोरीहरु होउन्। जसले सबैलाई प्रेरित गरोस्। त्यसका निम्ति हामी देशभित्र सबै राजनीतिक दलहरुको अनुहार देखियोस्। जसले हामी कहिले सत्ता पक्ष हुन्छौँ, कहिले प्रतिपक्ष हुन्छौँ, कहिले गठबन्धन हुन्छौँ, कहिले गठबन्धन हुँदैनौँ। तर वैदेशिक लगानी र आन्तरिक लगानीमा हाम्रा प्रतिबद्धताहरु समान छन्।’

अर्थमन्त्री पुनले लगानीकर्ताहरुले प्रतिबद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए। उनले नेपालमा रहेका लगानीकर्ताहरुको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरु लगानी कर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको जनाए।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

१४ घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक