सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अध्यादेशमार्फत कानुन संशोधन गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अध्यादेशमार्फत कानुन संशोधन गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधनका लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। लगानी सहजीकरण गर्नका लागि केही नेपाल ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

नेपालका विभिन्न झण्झटिला कानुनका कारण विदेशी लगानी नआएकाले लगानी सम्मेलनअघि नै १० वटा ऐन र दुई वटा नियमावली संशोधन गर्न एउटा समितिले सिफारिस गरेको थियो । सरकारका सचिव एकनारायण अर्याल संयोजकत्वको समितिकै सिफारिसअनुसार सरकारले अध्यादेशअनुसार कानुन संशोधन गर्न सिफारिस गरेको हो । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिबाट जारी हुने व्यवस्था छ ।

आज सरकारले औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३ र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ संशोधनका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो । यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ र वन नियमावली २०७९ पनि संशोधनका लागि सिफारिस भएको छ ।

संसद्को नियमित प्रक्रियाबाट ऐन गर्ने तयारी भए पनि विभिन्न समयमा भएका अवरोधले सम्भव नभएको भन्दै सरकारले अध्यादेशबाटै पारित गर्ने निर्णय गरेको हो ।

लगानी सम्मेलनअघि नै कानुन संशोधन गरेर विदेशी लगानीकर्तालाई सकारात्मक सन्देश दिने कोसिस रहेको सरकारको भनाइ छ । लगानी सम्मेलनका लागि लगानी बोर्डले १२ सय जना विदेशीलाई निम्तो गरेकोमा तीन सय जनाभन्दा धेरैले आउने पक्का गरेका छन् । सम्मेलनका ‘सोकेस’ मा राख्ने एक सय २० वटा आयोजनाको टुङ्गो लागिसकेको छ ।

यो पनि पढ्नुहोस्

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

२१ घण्टा अगाडि
ज्ञवाली र शाक्य महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने

ज्ञवाली र शाक्य महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक