काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आइतबार समूहगत छलफलको निचोड प्रस्तुत गर्न सुरु भएको छ। बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि ६ वटा समूहमा छलफल भएको थियो।
लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनमाथि छलफल भइसकेपछि छलफलको निचोड प्रस्तुत गर्न सुरु गरिएको हो।
अध्यक्ष ओली अस्वस्थ भई अनुपस्थित भएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको अध्यक्षता गरिरहेका छन्।


