काठमाडौं । इरान र इजरायलबीचको तनाव बिस्तारित द्वन्द्वमा परिणत हुनसक्ने चिन्ता व्यक्त गर्दै टर्कीले दुवै देशलाई सावधानी अपनाउन आग्रह गरेको छ। इरानी लक्ष्यहरू बिरुद्ध इजरायली आक्रमणको कथित आक्रमणपछि द्वन्द्व बढाउन सक्ने कुनैपनि कदमबाट टाढा रहन आह्वान गरेको छ।
उत्पन्न भएको तनाव स्थायी द्वन्द्वमा परिणत हुने खतरा बढेको जनाएको छ। गाजामा जारी द्वन्द्व रोक्ने र प्यालेस्टाइन राज्य स्थापना गरी सो क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको प्राथमिकता हुनुपर्ने मन्त्रालयले जोड दिएको छ।


