नवलपरासी । प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले आगलागि पिडितहरुकाे घर परिवारका सहारा बनेका छन ।
आगलागिबाट पिडित भएका घरपरिवारहरुकाे आगनमा राहत लिएर पुगेका छन ।प्रतापपुर गाउँपालिकामा आगोलागीले ७ वटा घर पुर्ण क्षति र ४ वटा घरमा आंशिक क्षति सहित ११ घर क्षति ग्रस्त भएका छन।
प्रतापपुर गाउँपालिका वडा नं. ५ को बड्कि बैदलीमा ३ वटा घर, बसहियामा २ घर, वडा नं. ६ को गुठि प्रसौनीमा ५ घर र प्रतापपुर वडा नं. ८ को रेतामा १ घर आगोलागीबाट क्षति भएका छन। प्रतापपुर गाउँपालिकाले आगो लागी भएका ११ घरलाई मध्ये पुर्ण क्षति भएका ७ वटा घरलाई २५००० को दरले नगद सहित राहत स्वरुप खाद्यसामाग्री वितरण गरेको छ। आंशिक क्षति भएका ४ घरलाई १०००० नगद सहित खाद्यसामाग्री वितरण गाउँपालिकाले गरेको छ।
क्षति ग्रस्त घरहरुलाई राहत सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आगालागीका घटनाहरु पालिका भित्र हावाहुरीका मौसममा भैरहेकोले नियन्त्रण गर्नका लागि गाउँपालिकाले दमकल खरिदको लागि प्रक्रिया अगाडि बढाएको र २०८१ साल भित्रै गाउँपालिकाले आफ्नै दमकल संचालनमा ल्याउने र आगोलागी जस्ता विपदका घटनालाई नियन्त्रण गर्ने बताउनु भयो। गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले राहत वितरण गर्दै आगलागी पिडितहरुलाई गाउँपालिकाले अन्य निकायहरु संग पनि समन्वय गरी अन्य राहत सामाग्रीहरु उपलब्ध गराउने र अन्य दात्री निकायहरु संग पुर्नस्थापनाको लागि पहल अगि बढाउने बताउनु भयाे ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,वडा नं ६ का वडा अध्यक्ष केशव अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष रमेश बनिया, प्रमुख प्रशासकिय अधिकृत रामजी जोशी, प्रशासन शाखा प्रमुख जिवलाल पाण्डे, लेखापाल मोहन खनाल लागायत गाउँपालिकाको टोलीले आगोलागी भएका घरहरुको अवलोकन सहित पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण समेत गरिएकाे हाे ।


