काठमाडौं । ‘डिग्री माइला’ले बक्सअफिसमा उच्च आम्दानी गर्ने संकेत गरेको छ। शुक्रबारबाट रिलिज हुने सिनेमाका लागि नेपाली हलहरुले दिएको शो संख्याले यस्तो संकेत गरेको हो। सिनेमाले हालसम्म १ सय ५५ शो प्राप्त गरिसकेको छ।
यसमा देशको ठूलो हल चेन क्यूएफएक्सले ५८ शो दिइसकेको छ भने अन्यहरुले दिएको कुल शो संख्या ९७ छ। यो संख्या अझ बढ्ने जानकारी वितरक गोविन्द शाहीलाई जानकारी दिए। शाहीले सिनेमाले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको जनाए।
उनका अनुसार सिनेमाले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढीको व्यापार गर्ने अनुमान गरिरहेको दाबी गरे । यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ले रिलिजको पहिलो शनिबार ३ करोड बढीको व्यापार गरेको बताउँदै सिनेमाको हाइप अनुसार यो आँकडा अनुमान गरिएको जनाएका छन्।
ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतिर आकर्षित गरिरहेको छ। ‘डिग्री माइला’ले नेपाली बक्स अफिसलाई वर्षको अन्तिममा सुखद् अन्त्य दिने संकेत गरेको छ। रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई शीर्ष भूमिकामा छन्। उनका अलावा सिनेमामा आँचल शर्मा, विजय बराल, प्रकाश घिमिरे, बुद्धि तामाङ,पुष्कर गुरुङ लगायतको अभिनय छ।


