काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर संसद्मा अवरोध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशिला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका उपप्रधान तथा गृह्यमन्त्री रवि लामिछानेमाथि कारबाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् ।
उनले लामिछानेको ठाउँमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्नसमेत गरेकी छन् । सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारबाहीको दायरामा आउनुपर्ने माग गरिन् ।
सांसद थिङले सहकारी प्रकरणबारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णयसमेत संसद्मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।


