बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा सत्ता गठबन्धन फेरिने सङ्केत

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपालमा सत्ता गठबन्धन फेरिने सङ्केत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालमा सत्ता गठबन्धन फेरिने सङ्केत आफूले दुई महिना पहिल्यै अर्थात् माघमै पाएको जनाएका छन् ।

नेपालको गठबन्धन सरकारमा रहेका दलबिच आपसी समस्या रहेको कुरा गत जनवरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग युगान्डामा भेट हुँदा थाहा भएको उनले जनाएका छन् ।

‘जनवरीमा प्रचण्ड जीसँग युगान्डामा भेटेको थिएँ । त्यो बेलामा कुरा भएको थियो’ इन्डिया टुडे ग्रुपबाट सञ्चालित द ललनटपका सम्पादकसँगको अन्तर्वार्तामा उनले भनेका छन् ।

जयशंकरले भारत छिमेकी मुलुकसँग प्रायः हरेक दिन जसो सम्पर्कमा रहने गरेको र राजदूतहरूले पनि परिस्थितिलाई नियाल्ने गरेको जनाएका छन् । ‘प्रायः छिमेकीहरू केही समस्या भयो भने आफैँ पनि शेयर गर्छन्’, उनले भनेका छन् ।

विदेश मन्त्री जयशंकरले नेपालमा गठित नयाँ सरकारसँग भारतले मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले कालापानी र लिपुलेकको घटना बाहिर आउनुअघि नेपाल र भारतका बिचमा सीमालाई लिएर विवाद छ भन्ने आफूलाई थाहा नभएको जनाएका छन् । ‘चीनले अक्साई चीनदेखि तलसम्म जमिनमा कब्जा जमाएको छ भन्ने थाहा थियो । पाकिस्तानका बारेमा थाहा थियो ।

बङ्गलादेशका बारेमा पनि थाहा थियो । तर लिपुलेकको अवस्था के हो ?’ उनले अन्तर्वार्तामा भनेका छन् । उनले सीमाको विषयमा रहेको विमतिबारे दुवै देशका परराष्ट्र सचिवको स्तरमा छलफल भइरहेको तत्कालीन अवस्थामा सीमा विवाद बाहिर आएको जनाएका छन् । ‘छलफल जारी थियो । दुई पक्षबिच कुनै विवाद छ भने बसेर कुराकानी भइरहेका बेला सार्वजनिक रूपमा विवादलाई भड्काओस् भनेर अपेक्षा हुँदैन । तर त्यति बेला यस्तै काम भयो,’ उनले भने । सन् २०२० मा तत्कालीन केपी शर्मा ओली सरकारले कालापानी र लिपुलेकलाई राखेर नेपालको नक्सा प्रकाशन गरेको थियो ।

जयशंकर विदेश सचिव हुँदा नेपाल आएर संविधान निर्माणमा भाँजो हालेको चर्चाबारे पनि उनले मुख खोलेका छन् । २०२१ सेप्टेम्बरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्ट्यान्डिङ कमिटी बैठकमा जयशंकरले आफू र अन्य पार्टीलाई यही संविधान लागू भयो भने राम्रो हुँदैन भनेर चेतावनी दिएको ब्रिफिङ गरेका थिए । जयशंकरले आफूले त्यस्तो चेतावनी नदिएको दाबी गरेका छन् ।

‘राजनीतिमा मान्छे धेरै कुरा भनिदिन्छन् । कहिलेकाहीँ उनीहरूका राजनीतिक सन्दर्भ हुन्छन्, कहिले राजनीतिक फाइदा हुन्छन्’ भारतीय विदेशमन्त्रीले भनेका छन् । भारतले सुरुदेखि नेपालमा एकआपस बसेर सर्वसम्मत संविधान बनोस् भन्ने नीति लिएको उनले जनाए ।

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

२२ मिनेट अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साउदीले १८ वटा ड्रोन खसालेको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक