मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सभामुख मण्डल महामूर्ख घोषित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सभामुख मण्डल महामूर्ख घोषित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई ‘महामूर्ख’ घोषित गरिएको छ। प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन्।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको उपाधि यस वर्ष सभामुख मण्डललाई प्रदान गरेको हो।

सोमबार जनकपुरधामस्थित राममन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।

शिक्षक पेशा परित्याग गरी माओवादी जनयुद्व लड्दै शान्तिपूर्ण राजनीतिको मूलधारमा आएपछि एमाले हुँदै सभामुख बनेका मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पु¥याइ रहेको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ।

आकर्षण ब्यङ्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको हो।

त्यसैगरी सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याए वापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमूर्खको उपाधि मधेस सरकार अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेमविदेह ललनलाई प्रदान गरिएको छ।

सदाबहार मूर्खको उपाधि प्रअ महाविर दास, वैशाखानन्दनको उपाधि अभियानी दिनेश पूर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थायी मूर्ख, ग्रामीण परवाहास्थित युवा नाट्य परिषद्लाई निर्विकल्प मूर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ।

यसका अलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशङ्करको उपाधि क्रिकेटर हरिशङ्कर साह, बुरिराजको उपाधि योग गुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ।

मैथिली भाषा, साहित्य, कला, गीत, सङ्गीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्षदेखि होली महोत्सव र महामूर्ख सम्मेलन गरी होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजना हुँदै आएको छ।

विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा ९एमाले० का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।

विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा ९एमाले० ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो।

त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा भोगेन्द्र झालाई र विसं २०७९ मा जनकपुरधाम उमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

१५ घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक