बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडाैंसहित विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । महोत्तरी, लोहारपट्टी नगरपालिका-७ भम्ररापुरस्थित सडकमा  ज.११ प ५७९ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री लोहारपट्टी नगरपालिका-७ भम्ररापुर बस्ने ४५ वर्षीया निर्मला देवी साहको सोमबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता धनुषाको मिथिला नगरपालिका-२ विश्वकर्मा चोकस्थित सडकमा प्र.२-०२-००१ च ०७१२ नम्बरको एम्बुलेन्सले ज.११ प १९९ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ हरिहरपुर बस्ने २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुरमा पठाइएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाकै लक्ष्मिनिया गाउँपालिका-६ स्थित सडकमा प्र.२-०२-००४ प ६९४७ नम्बरको मोटरसाइकललाई डीएल १२ सी ०९४४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका-४ बस्ने २५ वर्षीय रामबाबु साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ ढलानस्थित सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको चक्के ट्रक एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३४ वर्षीय ज्ञान कुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो । चक्के ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ७५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक नुवाकोट घर भएका ३२ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

दैलेखको आठबिस नगरपालिका-२ साईखोलास्थित सडकमा भे.२ त ४८६ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा  चालक अछाम तुर्माखाद गाउँपालिका-६ टुल्टा बस्ने २५ वर्षीय हिमाल माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सर्लाहीको हरिवन नगरपालिका-९ स्थित सडकमा रोकी राखेको ग.१ ख ८६०९ नम्बरको बसमा बा.३८प ४२८५ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

३६ मिनेट अगाडि
धोबीखोलामा मृत भेटिएका पुरूषकाे पहिचान खुल्याे

धोबीखोलामा मृत भेटिएका पुरूषकाे पहिचान खुल्याे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक