काठमाडौं । अमेरिकाको मेरील्याण्ड पुल भत्किएको छ ।
मालवाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ ।
लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ । पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ ।
यसबाट मानवीय क्षति भए/नभएको रिपोर्ट सार्वजनिक भइसकेको छैन । अमेरिकी कोस्ट गार्ड र मेरील्याण्ड ट्रान्सपोर्टेसन अथोरिटीले पुल भाँचिएको पुष्टि गरे पनि यो समाचार तयार पार्दासम्म थप विवरण सार्वजनिक गरेका छैनन् ।


