काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड वल्भेसबीचको पहिलो टी-२० खेलमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टियू मैदान, कीर्तिपुरमा केही समय पछि सुरु हुने खेलमा आयरल्यान्डको ‘ए’ टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपाल भ्रमणमा रहेको आयरल्यान्डले राष्ट्रिय टोलीसँग २ खेलको टी-२० सिरिज खेल्दा नेपाल ‘ए’ टोलीसँग समान ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ। टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पछिल्लो समय आफ्नो पुरानो लयमा फर्किन प्रयासरत रहेको छ।
तर पछिल्ला खेलहरूमा नेपालको निरन्तर परिवर्तित ब्याटिङ अडर चल्न नसक्दा र पार्टटाइम बलरहरूकै भरमा रहँदा चुनौती बढ्दै गएको छ। ब्याटिङ र बलिङमा निरन्तर परीक्षणले अझै नेपालले टी-२० विश्वकपका लागि आधिकारिक प्लेइङ ११ तयार गर्न सकेको छैन।
यस्तो छ आयरल्यान्ड वल्भेस विरुद्धको प्लेइङ ११:
कशुल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललिल नारायण राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरी
नेपालले आज टोलीमा रहेका आकाश चन्द, प्रतिश जिसी, अनिल साहा र विवेक यादवलाई बेन्चमा राखेको छ।


