मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेएनयुमा वामपन्थी बर्चश्व,दलित समुदायका धनञ्जय बने अध्यक्ष

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जेएनयुमा वामपन्थी बर्चश्व,दलित समुदायका धनञ्जय बने अध्यक्ष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा छात्र संघको निर्वाचनमा फेरि पनि वामपन्थीको जित भएको छ ।

जेएनयुको निर्वाचन कमिटीका अध्यक्ष शैलेन्द्र कुमारका अनुसार अध्यक्ष पदमा धनञ्जय कुमार, उपाध्यक्षमा अविजित घोष, महासचिव पदमा प्रियांशी आर्या र सचिव पदमा मोहम्मद साजिद विजयी भएका छन् ।

यसपटक पनि वामपन्थी संगठनहरु मिलेर चुनाव लडेका थिए । अध्यक्षमा विजयी धनञ्जय अल इण्डिया स्टुडेन्स एशोसिएसन (आइसा) का हुन् । उनले अर्का प्रतिस्पर्धी अखिल भारतीय विद्यार्थी परिषद ९एबीवीपी० का उम्मेदवार उमेश चन्द्र अजमिरालाई हराए । धनञ्जयले २ हजार ५९८ भोट पाउँदा उमेशचन्द्रले १ हजार ६७६ भोट पाए ।

छात्रसंघको अध्यक्ष, उपाध्यक्ष, महासचिव र संयुक्त सचिव पदमा गत शुक्रबार मतदान भएको थियो । तीमध्ये तीन पदमा वामपन्थी संगठनहरुले जिते भने एक पद बिरसा अम्बडेकर फुले स्टुडेन्ट्स एशोसिएसन ९बाप्सा०ले जितेको छ ।

 

निर्वाचनमा वामपन्थी संगठनहरुका साथै राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस०, भारतीय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टीका विद्यार्थी संगठनहरु पनि निर्वाचनमा थिए ।

दलित समुदायका विद्यार्थीको नेतृत्व

अध्यक्षमा विजयी धनञ्जय बिहार निवासी हुन् । उनी दलित समुदायका हुन् । उनको संगठन आइसाका अनुसार २७ वर्षपछि दलित समुदायको विद्यार्थी जेएनयु छात्र संघको अध्यक्ष बनेको हो ।

धनञ्जयका निकटतम प्रतिस्पर्धी उमेशचन्द्र नक्सलवादी समूहबाट पीडित विद्यार्थी हुन् । नक्सलवादीको आक्रमणबाट उनले आफ्ना आमा–बुवालाई गुमाएका थिए ।

जेएनयुमा चार वर्षको अन्तरालमा छात्र संघको चुनाव भएको थियो । कोभिड महामारीका कारण बीचमा चुनाव भएको थिएन । अघिल्लोपटक सन् २०१९ मा भएको चुनावमा पनि वामपन्थी संगठनकै जित भएको थियो । उक्त चुनावमा स्टुडेन्ट्स फेडरेसन अफ इन्डियाकी आइशी घोष अध्यक्ष चुनिएकी थिइन् । उनलाई वामपन्थी संगठनहरुले समर्थन गरेका थिए ।

शुक्रबार भएको मतदानमा करिब ७३ प्रतिशत भोट खसेको थियो । यो विगत १२ वर्षयताकै सबैभन्दा धेरै हो । सन् २०१९ मा भएको निर्वाचनमा ६७।८ प्रतिशत मत खसेको थियो ।

जेएनयुमा सुरुदेखि नै वामपन्थीको पकड

बीबीसी हिन्दीका अनुसार जेएनयुमा सुरुदेखि नै वामपन्थी संगठनकै दबदबा रहँदै आएको छ । हालसम्म स्टुडेन्ट्स फेडरेसन अफ इन्डियाले २२ पटक र अल इण्डिया स्टुडेन्ट्स एशोसिएसन ९आइसा०ले ११ पटक अध्यक्ष पद जितेको छ ।

यसैगरी आरएसएसको छात्र संगठन एबीवीपीले केबल एकपटक मात्र अध्यक्ष पद जितेको छ । सन् २००० मा एबीवीपीका सन्दीप महापात्रा जेएनयु छात्र संघको अध्यक्ष चुनिएका थिए ।

सन् १९७१ मा जेएनयुमा पहिलोपटक छात्रसंघको चुनाव भएको थियो ।

यो पनि पढ्नुहोस्

२५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’

जापानमा चिकित्सकको सल्लाहबिना औषधि सेवन बढ्दै

२ दिन अगाडि
अमेरिकामा नेपालीभाषीको हत्या

ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लियाे

डुबेर  र आगलागीमा जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक