मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपनिर्वाचनमा जनमत पार्टीबाट प्रेमदीप थाम्सुहाङ उम्मेदवार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपनिर्वाचनमा जनमत पार्टीबाट प्रेमदीप थाम्सुहाङ उम्मेदवार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको जनाएका छन् ।

जनमत पार्टीले इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् । जनमतले आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारेपछि प्रेमदीपले आफ्ना प्रतिबद्धतासमेत सार्वजनिक गरिसकेका छन् । साथै उनी प्रचार-प्रसारमा समेत लागिसकेका छन् ।

प्रेमदीपले प्रदेशको नाम ‘किरात लिम्बुवानु राख्न संसद्‍मा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुलाचुलीमा इलाका प्रशासन र मालपोत कार्यालयको स्थापना गर्ने उनको प्रतिबद्धता छ ।

प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ ९१० मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो ।

त्यस्तै बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो । एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउने कसरत थालेको हो । सुहाङ एमाले नेता नेम्वाङकै कान्छा छोरा हुन् । कानुन व्यवसायी उनले पार्टीले उम्मेदवार बनाउनु अघिदेखि नै चुनावी दौडधुप थालिसकेका छन् ।

त्यस्तै पहिचानवादी पक्षधरबाटै डकेन्द्रसिंह लिम्बूले पनि उम्मेदवारी दिने बताएका छन् । उनले पनि प्रचारप्रसार थालिसकेका छन् । उनलाई जसपाले समेत साथ दिने बताइएको छ ।

गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गरिसकेको छैन । कांग्रेसले भने यसअघि सुवास नेम्वाङसँग ११४ मतले पराजित डम्बर खड्कालाई नै उम्मेदवार बनाउने चर्चा रहे पनि टुंगोमा पुगेको छैन ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

१६ घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक