शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सहकारी ठगी गरेको प्रमाणित गरेर देखाउन कांग्रेसलाई गृहमंत्री रविको चुनौती

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सहकारी ठगी गरेको प्रमाणित गरेर देखाउन कांग्रेसलाई गृहमंत्री रविको चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारीको ठग प्रमाणित गरेर देखाउन नेपाली कांग्रेसलाई चुनौती दिएका छन्।

उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सूर्यदर्शन सहकारीको ठगीमा आफ्नो संलग्नता प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। त्यसका लागि कांग्रेसले बोलाएकै ठाउँमा पुगेर बहस गर्न तयार रहेको बताएका हुन्। साथै उनले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै त्यस्तो बहस काठमाडौँ–४ मा भए राम्रो हुने बताएका छन्। केही दिनअघि महामन्त्री थापाले संसदमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकोबारे बोलेका थिए।

‘तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस लाइभ गरौँ ताकि सिंगो देशले हेरोस्। सारा देशका अगाडि तपाईंहरुले मलाई सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथि न्याय गर्नैपर्छ। जवाफ दिनैपर्छ,’ उनले लेखेका छन्।

यस्तो छ, गृहमन्त्री रवि लामिछानेको फेसबुक स्टाटसः

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार। आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले ममाथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ।

सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु।

अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला??
तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुँदा तपाईंहरुले चरम दबाब दिँदासमेत प्रहरीले दर्ता गर्नसमेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरीबाहेक केही हैसियत नभएको चिर्कटो बोकेर सदन नै अवरुद्ध गर्नुपर्ने कारणबारे ‘एक बहस तो बन्ता है’ !!

प्रमाण भेटिँदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र? म त प्रतिपक्षमा थिएंँ। सक्दो गर्नु भो, केही नलागेपछि Conflict of Interest भए पनि create गरौँ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनुहुन्छ। This is not CONFLICT OF INTEREST, This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला??

आफूमाथि निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं?

मेरो जवाफ सुन्न नचाहनेरनसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु।

तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस Live गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडि तपाईहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।

मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। बस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ?

हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामीमाथि रचनात्मक दबाब बढाउनुस्। भर्खर जन्मेको दल भए पनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौँ। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेसजस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिँदैन।

सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समितिसँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् स् सहकारी पीडितले न्याय पाउँछन्।

जय नेपाल (पार्टी वाला होइन, देश वाला)

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक