शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ ।

परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल १५ विश्राम स्थलहरु छन्, जहाँ परिक्रमाका तिर्थालुहरु रात्री विश्राम गर्दछन् । नेपाल भारत बिचको सदियौंको सम्बन्धका कारण उनीहरुको हरेक विश्राम स्थलमा नजिकमा पर्ने परिवारजन, ईष्टमित्रहरु घर–घरबाट खानपिनका सरसमानहरु लिएर सेवा गर्न पुग्दछन् । यसरी सेवा गर्नाले धर्मको भागी हुने जनविश्वास छ ।
खुला सीमाका कारण निर्वाध रुपमा यस देशबाट त्यस देशको धार्मिक तथा पर्यटकीय स्थलमा जाने सरल सुलभ वातावरणका कारण दुवै तर्फका स्थानीयको व्यापार प्रवद्र्धन भई जीवनयापनमा टेवा समेत पुग्ने गरेको र आर्थिक उन्नती हुने गरेको मधेश मामिलाका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले बताए ।

दुवै देशको सामूहिक यो महापर्व र पदयात्रा आज खुला सीमाकै कारण सम्भव र सार्थक छ । नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले भने, ‘खुला सीमा बिना यस्ता पौराणिक धार्मिक यात्रा र विरासतको कल्पना समेत गर्न सकिदैन ।’ समूहले हरेक वर्ष परिक्रमाका क्रममा विश्राम स्थलहरुमा हेल्प डेस्क सञ्चालन गरी दुवै तर्फका तिर्थालु, दर्शनालु सहितलाई विभिन्न सहयोग गर्दै आएको छ ।

यस वर्ष महोत्तरीको मडै विश्राम स्थलमा आयोजित समूहको हेल्प डेस्कको अवलोकन गरेकी मधेश सरकारकी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले खुला सीमा बिना सिमावर्ती नेपाल र भारतका जनताको जनजीविकाको कल्पना गर्न नसकिने भन्दै खुला सीमाले दुई देश बीचको सम्बन्ध र दैनिकी पनि सहज भएको बताइन् । त्यसैगरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले यो परिक्रमा पौराणिक र ऐतिहासिकको साथसाथै साँस्कृतिक र धार्मिक महत्त्व बोकेको महोत्सव भएकोले बार्है महिना घुम्न सक्ने गरी पर्यटकीय मार्गको रूपमा विकास गरी विश्वभरिका हिन्दुहरुलाई आकर्षित गर्ने योजना अगाडि बढाउनु पर्ने बताए ।

यसका अलावा हेल्प डेस्कमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, प्रदेश सांसद तथा मधेश सरकारका पूर्वमन्त्री राम सरोज यादव सहितकाले अवलोकन गरेका छन् । हेल्प डेस्कमा संवाद समूहका मधेश प्रदेश सहसंयोजक दीपक यादव, केन्द्रीय सदस्य कृष्ण कुमार साह, धनुषा जिल्ला अध्यक्ष मनोज साह, केन्द्रीय सदस्य धनेश्वर ठाकुर लगायतका खुला सीमाका पक्षधरहरु भक्तजनहरुको सेवामा समर्पित भावले अहोरात्री खटेका छन् ।

समूहका उपाध्यक्ष वरिष्ठ पत्रकार शैलेन्द्र झाले यस वर्ष हेल्प डेस्क अधिकांश विश्रामस्थलमा सञ्चालन भएकोमा प्राथमिक उपचार, औषधी, पानी, माइकिङ्ग सेवासहित परामर्श दिने कामहरु समेत भएको बताए । समूहले खुला सीमा नभएको खण्डमा यस्ता धार्मिक महोत्सव मात्र नभई धार्मिक सम्पदाहरु नै ध्वस्त हुने भएकाले सुरक्षित खुला सीमाका लागि आफूहरु प्रयासरत रहेको बताउँछन् ।

पुरन साह

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक