मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऐतिहासिक ‘हिति प्रणाली’ संरक्षण सम्बन्धी अभिमूखिकरण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ऐतिहासिक ‘हिति प्रणाली’ संरक्षण सम्बन्धी अभिमूखिकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हरेक वर्ष मार्च २२ तारिखका दिन मनाइने ‘विश्व पानी दिवस’ को उपलक्ष्यमा गत मार्च २१ तारिख, बिहीवार काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग ले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा अर्वन डबली र का.म.न.पा. को  #ReviveDaboo  # दबू परम्पराको पुनर्उत्थानले संयुक्त रुपमा यसपालीको विश्व पानी दिवस २०२४–“Water for Peace” अन्र्तगत आयोजना गरेको ‘हिति प्रणाली’ प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम निकै महत्वका साथ सम्पन्न भएको थियो ।

 किराँतकाल देखि नै शुरु भएको ल्वंह हिति वा गाःहिति नामले परिचित यो हिति प्रणाली लिच्छिवी कालमा विकास भएको थियो भने मल्लकालमा अझ यसले व्यापकता पाएको थियो । राणा कालमा पश्चिमा प्रविधि भित्र्याईए यता केही दशक ओझेलमा परेका यी हितिहरु अहिले भने समुदाय, स्थानिय निकाय लगायत सम्पदा संरक्षणमा लागेका विभिन्न व्यक्ति, संघ–संस्थाले यसको संरक्षणको लागि चासो दिन थालेका छन् । नेवाः सभ्यता र सम्पदासँग प्रत्यक्ष रुपमा जोडिएको ल्वंह हितिको संरक्षण र सम्बद्र्धन गर्ने हो भने हामीले मूर्त रुपमा देखिने ल्वंहहितिको संरचना वा भनांै हितिको डुँड र त्यसको वरिपरिको संरचनालाई मात्र बुझेर पुग्दैन । यसको प्रणालीको बारेमा नै विस्तृत रुपमा बुझ्नु पर्ने हुन्छ । शहरीकरणसँगै हिजोका खुल्ला क्षेत्र, पोखरी र कुलोहरु मास्ने÷अतिक्रमण गर्ने क्रमले यी ढुंगेधाराहरुका समग्र प्रणाली प्रभावित हुन पुगेको छ । काठमाडौ उपत्यकामा भई आएका ऐतिहासिक रुपमा पानीको श्रोतहरुको व्यवस्थापन प्रणालीको विषय महत्वपुर्ण भएकोले यी सबै विषय कसरी हिति प्रणालीसँग जोडिन आउँछ र हितिको संरक्षणमा यसले पार्ने प्रभाव र यसको महत्व बारे बुझ्न जरुरी हुन्छ तब मात्र हिति प्रणालीको संरक्षणलाई मूर्त रुप दिन सकिने हुनाले एकीकृत सहरी विकास केन्द्र (ऋक्ष्ग्म्)को अध्यक्ष तथा शहरी पुर्वाधार विज्ञ श्री पद्म सुन्दर जोशीज्र्यूबाट ‘हिति प्रणाली’ बारे विस्तृत जानकारी भएको थियो । यस अभिमूखिकरण कार्यक्रमबाट प्रत्यक्षरुपमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, सम्बन्धीत निकायका कर्मचारीहरु तथा सम्बन्धीत क्षेत्रका अन्य व्यक्तिहरुमा यस हिति प्रणालिको बुझाईबाट लाभान्वित भएका थिए ।

काठमाडौं उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनु पर्ने आवाज उठे संगै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, जल सतहको बचावटका लागि हिति प्रणालीको विज्ञान बचाउनु पर्ने धारणा राखेकी छिन् ।
उपप्रमुख डंगोलले भनिन् – ‘वडास्तरीय सक्रियताबाट छिट्टै नतिजा प्राप्त हुन्छ । यसकारण वडा तहबाट प्रयास थालिनु पर्छ । यसले सांस्कृतिक सहरको मर्म बचाउन ठूलो योगदान हुनेछ ।’ ‘पानीको स्रोत संरक्षण तथा व्यवस्थापन, पानी पुनःभरण, भण्डारण, वितरण, प्रयोग र पुनःप्रयोगका लागि पूर्खाहरुले निर्माण गरेको नेवाः सभ्यतासँग जोडिएको प्रणाली दिगो र वैज्ञानिक छ, यसकारण रैथाने विधिलाई बचाउनु पर्छ, डंगोलको धारणा छ ।

‘काठमाडौं उपत्यकाको प्राचीन सभ्यतामा हिति प्रणाली अनिवार्य थियो । भूमिगत र वर्षाको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित थियो । सहरी विकास पद्धतिले रैथाने विधिको बिज्ञान नबुझी मास्दै गयो ।’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिति संरक्षणविद पद्मसुन्दर जोशीले भने– ‘नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ । यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’ को अर्थमा ‘ति’ मिलेर ‘चयुति’ भएको देखिन्छ । कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो । शब्दबाटै यो स्थान पवित्र छ । हितिहरुमा पाइने शिलालेखहरुमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ । मलमुत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने, फोहोर फाल्न नहुने यसका नियम हुन् ।’ उनका अनुसार हिती प्रणालीको लिखित दस्तावेज राजा वृषदेवको पालामा स्वयम्भूको गोपालराज वंशावलीमा उल्लेख छ । उपत्यकालाई सिङ्गो रुपमा हेर्ने हो भने राजा मानदेवका नाति भारवीले सन् ५७० मा बनाएको पाटनको मंगः हिति अहिलेसम्म सञ्चालनमा रहेको सबैभन्दा पुरानो हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क उधृत गर्दै जोशीले उपत्यकामा ५७३ वटा हिति प्रणाली भएको बताए । जसमध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ । ४९ प्रतिशत सुख्खा भएका छन् । ४ प्रतिशत हराइसकेका छन् । ७ प्रतिशतको नामनिसान छैन ।

 

‘‘हिटी जल प्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन् । यससँग प्रकृति र प्राणी सभ्यता अन्तर–सम्बन्धित छन्,’ वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन भन्छन् – ‘हिति प्रणालीको संरक्षण र विकासका बारेमा थालिएको वहस रोकिनु हुँदैन । यसको वैज्ञानिक पक्ष परिवार, समाज र सहर स्तरमा ग्रहण नहुञ्जेल कुरा गरिरहनु पर्छ । यसले लाभ दिन्छ ।’ मानव जीवनयापनसँगै जलचर, विरुवा तथा प्राकृतिक रुपमा उम्रिने रैथाने झारपातसँगसमेत हिति प्रणालीको सम्बन्ध भएको महर्जनको तर्क थियो ।

‘सम्पदा तथा पर्यटन विभागले मूर्त–अमूर्त सम्पदाको संरक्षण र अभिलेखन गर्ने प्रक्रियामा हिति प्रणालीसँग सम्बन्धित राजकुलो, पोखरी र पानीका नालीहरूको सञ्जालको प्राचीन प्रयोग खोजी गरिरहेको छ, विभागकी निमित्त प्रमुख कुमारी राई भन्छिन्– ‘सहर विकास र विस्तार हुने क्रममा कतै पानीका मुहान नै छोपिए, हराए, कतै पानीको निकास पुरिए । त्यसैले पुनरुत्थानको कार्यक्रम चलाएका हौँ ।’

महानगरपालिकाले अस्तित्वमा रहेका ढुङ्गेधाराको अस्तित्व बचाउन महानगर गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनर्स्थापना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनर्स्थापना गर्ने यसको लक्ष्य हो । यसका लागि २० करोड रुपैयाँ विनियोजित छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाभित्र १ सय ५४ वटा ढुङ्गे धारा रहेको अध्ययनले देखाएको छ । उक्त अध्ययन प्रतिवेदनले ६१ वटा (४०%) पानी आउने, ५० वटा (३२%) पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६%), हराएका २१ वटा (१४%) र फेला नपरेका (नभेटिएका) १२ वटा (८%) रहेको उल्लेख गरेको छ । हिटी जल प्रवाहसँग सम्बन्धित प्रणाली हो । सहरी जीवनको संस्कार, संस्कृति र परम्परासँग जल सम्पदाको अभिन्न नातालाई संरक्षण गर्ने मुल उद्देश्य सहित एकीकृत सहरी विकास केन्द्र मार्फत यस अर्वन डबलीले यस अभिमुखिकरणको कार्यक्रम सन्चालन गरेको हो ।

यस अभिमूखिकरण कार्यक्रममा प्रत्यक्षरुपमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धीत निकायका कर्मचारीहरु र सम्बन्धीत क्षेत्रका पत्रकार तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो । शहरमा पानीको मात्रामा संरक्षण तथा ऐतिहासिक रुपमा रहेकोलाई संरक्षण तथा सम्बर्धन गर्न टेवा पुग्नेछ आशाको अपेक्षा गरिन्छ । यश मान कर्माचार्य,

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

राइफलसहित एकजना नियन्त्रणमा

५६ सेकेन्ड अगाडि
दाउरा थकालीमा आगलागी

दाउरा थकालीमा आगलागी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

दाउरा थकालीमा आगलागी

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक