मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआडी) तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उहाँले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो ।

बाढी पहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

“जलवायु परिवर्तन गराउन नेपालजस्ता विकासोन्मुख मुलुकको नगन्य भूमिका हुन्छ । धनी र औद्योगिक मुलुकका कारण हामीले जलवायु परिवर्तनको जोखिम भाग्नुपरेको अवस्था छ”, मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभावका कारण बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढिरहेका छन् । अब कसरी समाधान वा कम गर्न सकिन्छ रु भन्ने विषयमा एउटा निष्कर्ष निकालेर अगाडि बढ्न जरुरी छ ।”

मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्ययन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पुर्‍याउन सकेमा बाढी पहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

“विपद्जन्य घटना, बाढीपहिराका कारण बर्सेनि सयौँको ज्यान गइरहेको छ भने भौतिक क्षति पनि भइरहेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “पूर्वसूचना प्रणालीलाई व्यवस्थित गरेर सबैको पहुँचमा पुर्‍याउन सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ । यस कार्यशाला गोष्ठीमा पूर्वसूचना प्रणालीको सिकाइ आदानप्रदान गरेर थप व्यवस्थित गर्न सकियोस् ।” आगामी दिनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ नयाँ आयाम थपिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नेपालले न्यूनीकरणका कार्यक्रमभन्दा जलवायुका अनुकूलनका कार्यक्रमलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मनसुनजन्य विपत्तिका कारण मुलुककै अर्थतन्त्र प्रणालीमा असर गर्नसक्ने भन्दै क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । “बाढी पहिरोलगायत विपद्का कारण बर्सेनि समस्या उत्पन्न भइरहेको छ । जनधनको क्षतिका साथै पूर्वाधार, पर्यटन, कृषि, जैविक विविधताको क्षेत्रमा असर पुगेको छ”, उहाँले भन्नुभयो, “समयमा नै मनसुनजन्य घटनाको पूर्वसूचना दिनसके सम्भावित क्षति कम गर्न सकिन्छ ।”

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले विपद्का घटना न्यूनीकरण प्रभावकारीरुपमा अगाडि बढाउन पूर्वसूचना प्रणाली जरुरी रहेको बताउनुभयो । “पूर्वसूचना प्रणालीका लागि १ अमेरिकी डलर खर्च गर्न सक्यौँ भने बाढी पहिरोबाट १० अमेरिकी डलर बचाउन सकिन्छ”, उहाँले भन्नुभयो, “पूर्वसूचनाबाट सर्वसाधारणलाई फाइदा पुग्नेगरी काम गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”

राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समय बाढीका कारण जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर गरेकाले क्षति न्यूनीकरणबारे ठोस योजना बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “मनसुनजन्य जोखिम बढी भएको अन्य क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास गरेर अगाडि बढ्न जरुरी छ । सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

२६ मिनेट अगाडि
प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक