शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फाका पदाधिकारीहरू ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाही गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
एन्फाका पदाधिकारीहरू ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाही गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ जना र त्यसबाहेक ९ जनालाई मलेसिया पठाएको छ ।

खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रवेश कटुवाल (प्रशिक्षक) विनोद डंगोल (गोलकिपर प्रशिक्षक) मनिष तिम्सिना (टेक्निकल स्टाफ), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) का रुपमा मलेसिया गएका छन् ।

एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (झ)मा राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको च नं। ६२७ मिति २०८०र (१ र ३) को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानुन बमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिइएको साथै कानुन बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठि, सेमिनार, वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।’

विश्वकप छनोट अन्तर्गत बहराइनसँग खेल्ने तयारीमा रहेको नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल्ने तालिका छ । त्यसका लागि खेलाडीसहितको टोली मलेसिया प्रस्थान गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने

नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने

२२ घण्टा अगाडि
नेपाल घरेलु टोली लाओसँग पराजित

नेपाल घरेलु टोली लाओसँग पराजित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक