बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अछामको जनकल्याण माविमा ताला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अछामको जनकल्याण माविमा ताला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अछाम । बढी शुल्क लिएको भन्दै अछामको जनकल्याण माविमा विद्यार्थीहरूले ताला लगाएका छन् । साँफेबगर नगरपालिका–४ मा रहेको जनकल्याण माविमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ताला लगाएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० ले तोकेको भन्दै बढी शुल्क लिएको भन्दै सिभिल इन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

सीटीईभीटीले अधिकतम २ लाख ३० हजार रुपैयाँ शुल्क लिन पाउनेगरी तोकेको थियो । तर, विद्यालयले २ लाख ५१ हजार २०० रुपैयाँ लिँदै आएको छ । बढी शुल्क घटाउन माग गर्दा विद्यालयले आनाकानी गर्दै आएको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियु अछाम जिल्ला कमिटी सह–सचिव मनोज रावलले जानकारी दिए । सिभिल इन्जिनियरिङ पाँचौँ सेमिस्टरमा अध्ययनरत विद्यार्थी समेत रहेका रावलले बढी शुल्कको विषयमा कुरा राख्दा विद्यालयले मतलब नै नगरेको जनाए ।

विगत ६ महिनाभन्दा बढी समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक भीम बहादुर बुढाले विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेको र नयाँ समिति आएपछि मात्रै शुल्कबारे निर्णय गरिने जनाउँदै आएका छन् ।

विद्यालयले १ लाख ८० हजार रुपैयाँ शुल्क लिने गरेको छ । त्यसमा थप एक हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क, दुई हजार रुपैयाँ परीक्षा शुल्क, दुई हजार रुपैयाँ आन्तरिक परीक्षा शुल्क, त्यसमा थप प्रत्येक आन्तरिक परीक्षामा प्रत्येक विद्यार्थीबाट २०० रुपैयाँ थप शुल्क लिँदै आएको छ ।

त्यस्तै ल्याबको लागि १० हजार, सर्भे क्याम्पवापत ५ हजार रुपैयाँ, परिचय पत्रका लागि ३०० रुपैयाँ, किताबका लागि २६ हजार, शैक्षिक भ्रमणबापत १५ हजार रुपैयाँ शुल्क लिने गरेको रावलले बताए ।

व्यवस्थित ल्याब नभएको र ल्याबमा भएका केमिकलहरू समेत पुरै डेट एक्सपायर भएको र कम्प्युटर ल्याबमा प्राय कम्प्युटरहरु बिग्रेको, विद्यार्थीहरूले सिक्नुपर्ने अटोक्याड अहिलेसम्म नसिकेको उनको भनाई छ । त्यस्तै केमिस्ट्री र फिजिक्स ल्याब दुई पटक मात्र गर्नुपर्ने भएकाले ल्याब शुल्क प्रत्येक विद्यार्थीबाट १० हजार रुपैयाँ लिन गरेको उनको भनाइ छ ।

सर्भे क्याम्पका लागि ५ हजार रुपैयाँ बुझाईसकेपछि प्रत्येक विद्यार्थीहरूबाट अलग शुल्क भन्दै थप ५ हजार रुपैयाँ लिने गरेको उनको भनाइ छ ।

त्यसरी थप शुल्क उठाउने विषयमा प्रश्न गर्दा विद्यालयलाई सहयोग भएको भन्दै जवाफ दिने गरेको बताए । किताब खर्चको लागि २६ हजार रुपैयाँ किन भनेर प्रश्न गर्दा विद्यालयले किताब टाढाबाट मगाउनुपर्ने जवाफ दिने गरेको उनको भनाइ छ ।

शैक्षिक भ्रमणको नाममा समेत किन पैसा उठाउने गरेको भनेर प्रश्न गर्दा विद्यालयलाई सहयोग भएको भनेर जवाफ दिने गरेको उनले जनाए ।

विद्यालयले शुल्क घटाउने विषयमा विद्यालय व्यवस्थापन समिति गठन भएपछि मात्रै निर्णय गर्न सकिने भन्दै पन्छिँदै आएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य

२ दिन अगाडि
बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

आर. आर. क्याम्पसमा नेपालभाषा बिषयमा भर्ना खुल्याे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक