शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभएको छ ।  मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले यस्तो माग राख्नुभएको हो ।

उहाँहरुले सुर्तीजन्य उद्योगहरुको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँहरुले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको औंल्याउनुभयो । उहाँहरुले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने जिकिर गर्नुभयो ।

पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने भनाइ उहाँको छ । बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेस सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काहरुको उद्योग सञ्चालनका लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य उद्योगहरुको क्षमता अभिवृद्धि गर्ने नभइ रोक्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका अर्का सांसद रमा कोइराला पौड्यालले स्वास्थ्यमा जनतालाई प्रभाव पार्ने कुराले राजश्वका लागि सुर्तीजन्य पदार्थहरुको उत्पादनमा अभिवृद्धि गर्नेकुरा राम्रो नहुने बताउनुभयो । उहाँले राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुनु नहुने जिकिर गर्नुभयो । यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको ओचित्य नरहेको बताउनु भयो ।

यसैगरी, नेकपा (एमाले) का सांसद लालप्रसाद सावा लिम्बूले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहने बताउनुभयो । अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले क्षमता अभिवृद्धि किन गरिएको हो ? भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले स्वास्थ्य सम्बन्धीको असरलाई हेरेर छलफल गहन रुपले हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का सांसद रेखा यादवले उहाँले सरकारले युवाहरुलाई श्रम दिने कुरामा ध्यान दिने हो भने रुग्ण उद्योगहरुलाई सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले गुट्का, खैनी बाहेकका रुग्ण उद्योगमा थप लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । उहाँले नेपालमा खैनी तथा सूर्तीजन्य सामग्री बेच्न नदिने भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिर पठाउने योजना र कार्यक्रम अघि सार्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि समितिमा छलफल गर्नुको औचित्यमाथि प्रश्न उठेको बताउनु भयो । सरकारको कानुन मानेर खोलिएका उद्योगहरु सरकारले सञ्चालन गर्न दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गुट्का, खैनी र सुर्तीजन्य पदार्थको बिक्री वितरण र उत्पादनसम्बन्धीको मापदण्ड निर्मम भएर लागू गर्ने हो भने धेरै कुरा नियन्त्रण हुने बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले गुट्का, खैनी र सुर्तीजन्य उद्योगहरु कति छन् ? भन्नेबारेमा सरकारसँग यकिन तथ्याङ्क नरहेको बताउनु भयो । उहाँले भएका उद्योगहरु कसरी चलिरहेका छन्, उनीहरुले उत्पादन गरेका वस्तुहरुको गुणस्तरीयताको मापन कसरी भइरहेको छ ? भन्नै प्रश्न गर्नुभयो ।

उहाँले आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्ने जानकारी दिनुभयो । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरु बन्द गर्दा बाहिरबाट हुने आयातको बारेमा पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सुर्तीजन्य पदार्थहरुको उत्पादन नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । समितिको बैठकमा अन्य सांसदहरुले चलिरहेका उद्योगहरुलाई अबबाट उत्पादन वृद्धि गर्न नदिने गरी सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक