मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोर्खा वारियरको विशेष च्यारिटी सो दिक्तेलमा सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गोर्खा वारियरको विशेष च्यारिटी सो दिक्तेलमा सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी सो दिक्तेलमा सुरु गरिएको छ । खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी साेको व्यवस्था गरिएको हो ।

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी साेको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी सोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन सो राखिएको आयोजकले जनाएको छ ।

खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पार्नुभएको चलचित्र गोर्खा वारियरको विशेष च्यारिटी सोअन्तर्गत पहिलो दिनको सोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए । संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिलगायतले अवलोकन गरेका छन् । चलचित्र गोर्खा वारियरले पुर्खाहरूले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य राईले बताउनुभयो ।

चलचित्र गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन् । चलचित्र गोर्खा वारियर पुर्खाहरूको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताउनुभयो । “चलचित्र गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “चलचित्रमा गोर्खाली सेनामा आबद्ध रहेकाहरूको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ ।” चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको छ ।

चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नैपर्ने चलचित्र बनेको निर्माता सुमन राईले दाबी गर्नुभयो । चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गुरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ । चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट भएको चलचित्र हो ।

गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताउनुभयो । “विगतमा नेपालीहरूले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ, चलचित्र गोर्खा वारियरमा अभिनय, कला र मार्सलआर्टसमेत समेटिएको छ”, उहाँले भन्नुभयो, “चलचित्र गोर्खा वारियर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको चलचित्र हो, चलचित्र गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ ।” लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर सो गरिएको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ । चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर सो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

१७ घण्टा अगाडि
सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक