काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानको सातौं केन्द्रीय कमिटी बैठक आज सम्पन्न भएको छ । बैठकमा पार्टीका अध्यक्ष वामदेव गौतमले ५६ पृष्ठ लामो ‘नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजबाद’ नामक दस्ताबेज र ३ पृष्ठको राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
पार्टीको केन्द्रीय कमिटी बैठकले संसदीय प्रणालीले देशमा राजनीतिक स्थायित्व हुन नसकेकोले यस्को बिकल्पमा प्रबेश गर्नु पर्ने निर्णय गरेको छ । शासकीय प्रणालीमा प्रत्यक्ष निर्वाचन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सामुहिक उत्पादन प्रणालीमा प्रबेश गर्नु पर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पार्टीमा नवप्रबेशीहरुलाई स्वागत गर्दै जिम्मेवारी पनि तोकेको छ । बैठकले सुदुर पश्चिमांचल प्रदेशको बझाङ जिल्लाको सदस्य उपनिर्वाचनमा नेकपा एकता राष्ट्रिय अभियानको तर्फबाट पार्टीका उपाध्यक्ष कमरेड रबिन्द्र बमलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै प्रनिनिधिसभाको ईलाम उपनिर्वाचनमा पनि पार्टीले उमेदवारी दिने निर्णय गरेको छ । चुनाव चिन्ह धानको बाला रहेको एकता अभियानको केन्द्रीय कमिटी बैठकले आजै यस्तो निर्णय गरेको हो । बैठकले अन्य बिभिन्न महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ! बैठक पार्टीका अध्यक्ष वामदेव गौतमले गर्नु भएको थियो ।


