शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

मिस वर्ल्ड प्रतियोगिता भारतमा सुरु भयो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मिस वर्ल्ड प्रतियोगिता भारतमा सुरु भयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्ततः अन्योल र स्थगनको श्रृंखलापछि मिस वर्ल्ड प्रतियोगिता भारतमा सुरु भएको छ । सन् २०२२ को संस्करणका ११७ मुलुकका विश्व सुन्दरीले प्रतिस्पर्धामा सहभागिता जनाइरहेका छन् । नेपालबाट प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गरेकी छन् ।
प्रमोद कंसाकारसहित द हिडन ट्रेजरको टोली नै दिल्लीमा छ । दिल्लीमा सुरु भएको मिस वर्ल्ड एक महिनासम्म चल्नेछ र फिनाले मुम्बईमा हुने जनाइएको छ ।

उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले मिस वर्ल्ड पुगेकी छन् । खासगरी शीर्ष पाँच विधामा जसरी भए पनि जित्ने उनको रणनीति देखिन्छ । यी विधामा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले पनि यसमा उनको जोड छ ।
दिल्लीबाट अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले आफू शीर्ष पाँच ‘फास्ट ट्रयाक’ विधामा केन्द्रित भएको बताइन् । जसमा ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वर्ल्ड डिजाइनर र स्पोर्ट्स इभेन्ट छन् । ब्युटी विथ पर्पस विधामा नेपाल यसअघि दुई पटक विजयी भइसकेको छ । यसका लागि प्रतिस्पर्धीले सामाजिक प्रोजेक्टमा काम गर्नुपर्ने हुन्छ ।

प्रियंकाको पहलमा चेपाङ बहुल चितवनको दुर्गम इच्छाकामना गाउँमा हालै केन्द्रीय विद्युत प्रसारण पुगेको छ । जसले गर्दा लामो समयदेखि विद्युतबाट वञ्चित त्यहाँका बासिन्दा लाभान्वित भएका छन् । यसबाहेक उनीहरुलाई मौरीपालनदेखि अन्य उद्यमशीलताका काममा समेत प्रियंकाले सघाएकी छन् ।

मब(एपबाट बढीभन्दा बढी भोटको आशा राख्दै उनले मल्टिमिडिया अवार्ड जित्ने आशा राखेकी छन् । मोडल वाच विधामा समेत अब्बल बन्नको लागि गाउनदेखि अन्य विशेषतामा समेत उनले आफूलाई तयारी गरेकी थिइन् ।
स्पोर्ट्स अर्थात् फिटनेस विधा समेत जित्न सकिए सोझै आगामी चरणमा जान सकिनेछ । यसका लागि प्रियंकाले जिम जानेदेखि फिटनेसका अरु उपाय अपनाइरहेकी छन् । ‘जिम जानेदेखि स्टामिना बढाउनेसम्मका कसरत गरिरहेकी छु,’ उनले भनिन् ।

यसपटक महादेशको विजेता समेत घोषणा हुने भएकाले यसपटकको मिस वर्ल्ड थप रोचक हुने अनुमान छ । एसिया महादेशबाट नेपालसहित न्युजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, टर्की र भियतनामले भाग लिएका छन् । एसिया महादेशका लागि यी मुलुकबाट विजेता घोषणा हुनेछ ।

यो पनि पढ्नुहोस्

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

८ घण्टा अगाडि
जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

एभरेष्ट बैंकको साधारण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक