बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वीरगञ्ज कर्फ्युः सामाजिक एकता विखण्डन गर्न खोज्ने प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
वीरगञ्ज कर्फ्युः सामाजिक एकता विखण्डन गर्न खोज्ने प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज / वीरगञ्जमा जारी कर्फ्युको विषयमा छलफल गर्न मंगलबार बसेको सर्वदलीय बैठकमा नेपाली जनताबीचको सम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धता व्यक्त भएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले एकअर्काको आस्थाको केन्द्र तथा धार्मिकस्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरूमा नाराबाजी, जुलुसलगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने निर्णय गरेको छ।

सामाजिक सद्भाव खलबलिने किसिमका गतिविधि गर्ने जोसुकैलाई प्रचलित कानूनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ।

सामाजिक सञ्जालमा कुनै पनि जात, धर्म वा समुदायलक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने/गराउनेउपर प्रशासनबाट कानूनबमोजिम कडा कारबाही गर्ने बैठकले निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।

यस्तै, जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, साँस्कृतिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक र्‍याली जुलुस, बन्द, हडताललगायतका कुनै पनि गतिविधिहरु नगर्न सबैलाई आग्रह गरिएको लम्सालले बताए।

जिल्लाभित्र डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी भाला, राँके जुलुस निकाल्ने गायतका क्रियाकलाप गर्नेविरुद्ध कानूनबमोजिम कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने गर्ने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ।

रौतहटमा सरस्वतीको मूर्ति विसर्जनको क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा सोमबार बजार बन्दको आह्वान गरिएको थियो। सो क्रममा दुई पक्षबीच विवादसहित झडपसमेत भएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सोमबार साँझ ५ बजेदेखि वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। जुन, दोस्रो दिन मंगलबार पनि जारी छ। रौतहटमा भने विवाद साम्य भएर सोमबार नै मूर्तिसमेत सर्वसहमतिले सेलाइएको थियो।

वीरगञ्जमा लगाइएको कर्फ्युको विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा सर्वदलीय बैठक बसेको थियो।

बैठकमा राजनीतिक दल, प्रहरी प्रशासन लगायतको सहभागिता रहेको थियो।

रौतहटमा भएको घटनालाई लिएर सोमबार हिन्दु समाजले वीरगञ्ज बन्द गराएपछि तनाव उत्पन्न भएको थियो। स्थिति तनावग्रस्त भएपछि सोमबार साझ पाँच बजेदेखि कर्फ्यु लगाएकोमा मंगलबार पनि कर्फ्यु जारी राखिएको छ।

यसअघि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले धार्मिक समाजिक सद्भाव बिगार्ने, द्वन्द्वलाई उक्साउने खालका गतिविधि नगर्न नगराउन आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस्

बालविवाह रोक्न कृष्णनगरका धर्मगुरुहरूको साझा प्रतिबद्धता 

बालविवाह रोक्न कृष्णनगरका धर्मगुरुहरूको साझा प्रतिबद्धता 

३ हप्ता अगाडि
वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक