काठमाडौँ / देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका छन्। उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन्।
काठमाडौँमा मंगलबार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको बताए।
उनले भने, ‘लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ।’
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बुधबारबाट काठमाडौँलक्षित आन्दोलन गर्ने बताएको छ।