मङ्ल, मंसिर २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संविधान संशोधन गर्न देउवाकाे प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
संविधान संशोधन गर्न देउवाकाे प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको लागि छलफल गर्न पार्टीको महासमिति बैठकमा प्रस्ताव गरेका छन्।

ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो प्रस्ताव गरेका हुन्।

संविधान जारी भएको ८ वर्ष भइसकेकोले यसमा देखिएका जटिलता र अस्पष्टताको पहिचान गर्ने बेला भएको देउवाको भनाइ थियो।

संविधानले जारी गरेको शासकीय स्वरुपको मूलभूत विषयमा प्रभाव नपर्ने गरी संविधान संशोधनको लागि छलफल गर्न देउवाले प्रस्ताव गरेका हुन्।

उनले सत्ता गठबन्धन संविधान रक्षाको लागि गरेको कारण राजनीतिक स्थिरताको लागि यसको निरन्तरता जरुरी रहेको पनि बताए। त्यस्तै,  भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने सन्दर्भमा पार्टीले तत्कालको राजनीतिक औचित्य र सान्दर्भिकताका आधारमा तय गर्ने पनि उनले बताए।

उनले भने, ‘गठबन्धन गर्ने सन्दर्भमा पार्टीले छलफल गरेर त्यसैबेलमा निर्णय लिनेछ।’

महासमिति बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजान थप बल पुग्ने देउवाको विश्वास व्यक्त गरेका छन्।

पार्टीको विधानले पार्टीलाई बलियो बनाउनुको साथै आन्तरिक लोकतन्त्र मजबुद बनाएको देउवाको भनाइ छ।

‘विश्वभरि नै आर्थिक मन्दी छ। कोभिड महामारीपछि हाम्रो मुलुकको अर्थतन्त्र पनि प्रभावित भएकामा केही सकरात्मक बन्दै गएको छ,’ उनले भने, ‘प्रतिकूल अवस्थालाई अनुकुल बनाउन सक्दछौँ, जनतामा नयाँ भरोसा दिन सक्छौँ। जनताको निराशालाई देखाएर लोकतन्त्र विरोधी गतिविधि कांग्रेसलाई मान्य हुने छैन।’

उनले कांग्रेसभित्र बहस हुने तथा अन्य दलहरुसँग प्रतिस्पर्धा हुनु पनि स्वभाविक रहेको उल्लेख गर्दै भने- ‘हो, कतिपय हाम्रा साझा बिषय छन्, देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति प्रक्रियाका बाँकी काममा समान धारणा बनाउनुपर्छ।’

यसअघि कांग्रेसले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले नै असहमति जनाएका थिए।

सोमबारदेखि गोदावरी सुरु हुने महासमिति बैठकमा पेश गर्न महामन्त्रीका हैसियतमा थापाले तयार पारेको प्रतिवेदनमा पार्टीले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन्। उक्त विषय नै निर्णय गर्नु नपर्ने भएकाले हटाउनुपर्ने अडान कांग्रेस सस्थापन पक्षले लिएको थियो।

त्यही विषयमा सहमति जुटाउन सभापति देउवा निवासमा महामन्त्री थापासहितका नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।

गोदावरीमा महासमिति बैठक सुरु गर्न जानुअघि नेताहरुले प्रस्तावलाई सर्वसहमत बनाउने कोसिस गरे पनि दुवै पक्ष आ–आफ्नो अडानमा हुँदा छलफल निष्कर्षविहीन भएको हो। एक नेताका अनुसार महासमितिको उद्घाटनपछि फेरि छलफलमा बस्ने समझदारी भएको छ।

यो पनि पढ्नुहोस्

बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव

राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

१४ घण्टा अगाडि
ओली र लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृत अवस्थामा फेला

श्रम संस्कृति पार्टीकाे पहिलाे सभा

दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चकाे आदेश

सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ

विदेशी मुद्राको विनिमयदर निधारण

बहुप्रतिक्षित गुरुङ चलचित्र ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक