काठमाडाैं । काठमाडौं रोयल इन्फिल्डले लेडि बाइर्कस् ‘राइडस रोड सेफिटी राइड टेनिङ्ग’ कार्यक्रम आयोजना गरेको छ।
सडक सुरक्षामा सचेतना, व्यवस्थित सवारी प्रवर्द्धन, महिला सशक्तीकरणमा प्रेरणा समावेश र मोटरसाइकल पर्यटन प्रबर्धन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्ड को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले रोयल इन्फिल्ड लेडि राइडस रोड सेफिटी राइड टेनिङ्ग कार्यक्रमको आयोजन गरेको हो।
यस राइडस राेड सेफिटी राइड टेनिङ्ग कार्यक्रम मा २१ जनाले सहभागीता जनाएका थिए। सेफ्टी टेनिङ्ग र अन्तरक्रिया कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिम रहेकाे थियाे।