शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

मन्त्री ज्वालालाई बर्खास्त गर्न संसद्‍मा माग : बालकुमारी घटना

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मन्त्री ज्वालालाई बर्खास्त गर्न संसद्‍मा माग : बालकुमारी घटना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाको कारक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको भन्दै बर्खास्त गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ । प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्री ज्वालालाई पदमुक्त गर्नुपर्ने माग राखेपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाले प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला पुगेको र उनको सुरक्षाका क्रममा प्रहरीको बल प्रयोगबाट पुस १३ मा दुई युवाको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ मा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो । आयोगले ‘मन्त्रीको उपस्थितिले नै घटना भएको’ किटान गरी शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिनिधिसभाको आइतबार बैठकमा प्रमुख प्रतिपक्षी एमालेले विशेष समय लिएर मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग राखेको हो । ‘प्रधानमन्त्रीले मुख्य दोषी भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरेको सूचना पाएका छैनौं । हामीले सुन्दै छौं सामान्य सिपाहीहरूलाई कारबाहीको डन्डा अनि मन्त्रीहरूलाई उन्मुक्ति ? यो हुन सक्दैन,’ एमालेका सचेतक महेश बर्तौलाले पार्टीको माग राख्ने क्रममा संसद्मा भने । साना तहका अधिकारीलाई दोषी देखाएर जिम्मेवारीमा रहेका र जसका कारण घटना भएको भनेर सरकारी आयोगले नै किटान गरेको हो, उसलाई उन्मुक्ति दिन नहुने बर्तौलाको माग थियो । उनले भने, ‘घटनामा जोडिएका सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाइयोस् ।’

रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि दुई युवाको ज्यान जाने गरी भएको घटना छानबिन समितिको प्रतिवेदन आउँदा पनि प्रधानमन्त्रीले कदम नचालेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोगले प्रतिवेदन बुझाइसकेपछि मन्त्री स्वयं हट्नुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै लामिछानेले आपत्ति जनाएका थिए ।

‘छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा, जुन भन्दै आइएको पनि थियो, प्रतिवेदनले पनि स्पष्ट पार्‍यो । तर यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ न सरकार न त प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ,’ लामिछानेले भने, ‘यसमा गर्नुपर्ने के होला ? छानबिन आयोगले दोषी ठहर्‍याउँदा ठहर्‍याउँदै पनि चुइँक्क नबोलेर अन्य विषयमा भाषण गर्दै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ?’

प्रधानमन्त्रीले गठबन्धन जोगाउनका लागि यस्ता घटनामा संलग्न मन्त्रीहरूलाई कारबाही नगरेको आरोप लामिछानेले लगाए । ‘दुई होनहार युवाले ज्यान गुमाएको यो घटनालाई रास्वपाले सामान्य रूपमा लिन सक्दैन । बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो केही पनि माग छैन, प्रधानमन्त्रीले त्यो रोस्ट्रमबाट भन्नुहुनेछ,’ लामिछानेले भने ।

मन्त्री ज्वालालाई पदबाट हटाउन राप्रपाले पनि माग गरेको छ । राप्रपा सांसद दीपकबहादुर सिंहले भने, ‘बालकुमारी घटनाले मन्त्री प्रकाश ज्वाला दोषी ठहर गरेको प्रतिवेदनले जनाइसकेको छ । तुरुन्त यो सरकारको मन्त्री पदबाट हटाउन राप्रपाले माग गर्दछ ।’ मन्त्री ज्वालामाथि संसद्मा उठेका विषयमा सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले मन्त्री ज्वालाबारे धारणा राखेपछि सभामुख घिमिरेले भने, ‘माननीय सदस्यले राख्नुभएको कुरामा ध्यानाकर्षण भएको छ, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।’

सांसदहरूले मासिक रूपमा राख्ने प्रश्नको जवाफ दिनका लागि प्रधानमन्त्री दाहाल आइतबारको बैठकमा उपस्थित थिए । बालकुमारी घटनाबारे सांसदहरूका प्रश्न र सभामुखको ध्यानाकर्षणपछि प्रधानमन्त्री दाहालले छानबिन समितिको प्रतिवेदन आफूले बुझेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

बालकुमारी घटनालाई सरकारले निकै गम्भीर रूपले लिएर तत्कालै त्यसमा संलग्नलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाखका साथै रोजगारी दिने लगायतका काम भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा बुझाएको छ र आज (आइतबार) मैले बुझ्दै छु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दै छु, अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म यो विश्वास दिलाउन चाहन्छु ।’

बालकुमारी घटनामा प्रहरीको बल प्रयोगबाट प्रदर्शनमा सहभागी अछाम चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो । शाहको गोली लागेर मृत्यु भएको निष्कर्ष आयोगले निकालेको छ भने रावतको छातीमा अश्रुग्यासको सेलले लागेर उपचारका क्रममा मृत्यु भएको थियो ।

आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले खेलाँची गरेर ‘एन्टी डिरेक्सन’ (गलत दिशा) मा गएको, फिल्ड कमान्डर डीएसपी उमेश लम्सालले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेर बल प्रयोग गरेको र पीएसओ बोधराज दनुवारले सुरक्षा नजरअन्दाज गरेर मन्त्रीलाई गलत ठाउँमा पुर्‍याएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । आयोगले प्रतिवेदनमा क्रमशः १, २ र ३ गरेर मन्त्री ज्वाला, डीएसपी लम्साल र पीएसओ दनुवारलाई दोषी सूचीमा सूचीकृत गरेर प्रतिवेदन बुझाएको छ ।

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

१६ घण्टा अगाडि
अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक