आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी प्रभाग बलम्बु भित्रै गोली चलेको घटना छानबिन गर्न समिति गठन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
धनगढीमा गोली चल्दा  एक जना स्थानीय घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आइतबार दिउँसो ४ बजेतिर प्रहरी प्रभाग बलम्बु भित्रै गोली चलेको घटना छानबिन गर्न समितिfi बनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले डीएसपीको कमाण्डमा छानबिन समति समिति बनाएको हो। परिसरका एसएसपी भुपेन्द्र खत्रीका अनुसार परिसरका डीएसपी गंगा पौडेलेको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा इन्स्पेक्टर सुरेश भट्ट र अर्का एक जना सई छन्।

बलम्बु प्रभागका प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट आइतबार दिउँसो गोली चलेको थियो। सो क्रमका बडीगार्ड प्रहरी जवान र अर्का एक जना सेवाग्राही घाइते भएका थिए। बडीगार्डको खुट्टामा चोट लागेको र सेवाग्राहीको खुट्टाको बुढीऔंलामा चोट लागेको थियो। दुवै जनाको अवस्था सामान्य रहेको छ।

सेव्राग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् भने बडीगार्डको सतुंगलस्थित मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ। यस्तो थियो घटना जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले चलानी नम्बर ४२३२ र मिति २०८०–११–०६ को पत्रादेश अनुसार सुरक्षा योजना अनुसार इन्स्पेक्टर श्रेष्ठ माइतीघर मण्डलामा ड्युटीमा खटिएका थिए।

हिजो माघ ६ गते उनी बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघर मण्डलामा ड्युटीमा थिए। ड्युटी सकिएपछि उनी आफ्नो कार्यालय प्रभाग बलम्बुमा फर्किएका थिए। ड्युटीबाट फर्किएपछि आफ्नो साथमा रहेको टाइप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाएका थिए।

उक्त हतियार (पेस्तोल) पुरानो मोडलको भएकाले अर्को टाइपको कुनै छोटो हतियार छ भने ल्याउनु भनी इन्स्पेक्टर श्रेष्ठले मागेका थिए। त्यसपछि जिन्सी शाखाले जिन्सी आम्दानी खातामा बाँधिएको सिएफ–९८ नं ००१२७४०८२३६ पेस्तोल र सोही पेस्तोलको १५ राउण्ड गोली लोड भएको १ थान म्यागजिन सहितको पेस्तोल इन्स्पेक्टर श्रेष्ठलाई दिइएको थियो।

उक्त पेस्तोल बुझाउँदा पेस्तोलको सेफ्टिक्याच ‘आर’ मा भएको कक गरेरे सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात फायर भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यतिबेला पेस्तोलको नोजल भुँइतर्फ फर्केकाले ठूलो दुर्घटना हुनबाट जोगिएको पाइएको छ।

पेस्तोलको नोज भुँईतर्फ फर्काई निरीक्षण चेकजाँच गरिरहेको हुँदा पेस्तोलबाट फायर भुँईतर्फ फायर भएको थियो। सो क्रममा ९ एमएमको १ राउण्ड गोली मुल ढोका अगाडि भुईँमा रहेको मार्वलमा लागेको थियो। गोली मार्बलबाट उछिट्टिएर ढोकासँगै रहेको ड्युटी अधिकृत कक्षको टेबलको प्लाईको बारमा लागि रिवर्स भएको थियो। रिर्वस भएको उक्त गोली इन्स्पेक्टरका बडीगार्डको प्रहरी जवानको बाँया खट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ। ड्युटी अधिकृत कक्षसँगै रहेका सेवाग्राहीको खट्टाको बुढीऔंलामा समेत राउण्डको टुक्रा लागेको थियो।

यो पनि पढ्नुहोस्

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

१ घण्टा अगाडि
जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक