आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन आयोगले सरकारलाई वैशाखमा उपनिर्वाचनको जनाउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशभर रिक्त २६ जनप्रतिनिधि पदपूर्तिका लागि निर्वाचन आयोगले सरकारसँग वैशाखमा उपनिर्वाचन गर्ने भनिसकेको छ ।

तर, सरकारले तत्तपरता नदेखाएको भन्दै आयोगले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजेको छ । ‘उपनिर्वाचनका लागि सरकारको तत्परता चाहिन्छ ।

सरकारकै स्रोतसाधन, सुरक्षा आवश्यक पर्ने भएकाले सरकारको भूमिका महत्वपूर्ण छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । प्रवक्ता पौडेलका अनुसार प्रधानमन्त्रीसँग छलफलपछि उपनिर्वाचन मितिको निर्णय हुन सक्छ । प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ जनप्रतिनिधिको पद रिक्त छ ।

नगर प्रमुख १ जना, गाउँपालिका अध्यक्ष १ जना, गाउँपालिका उपाध्यक्ष २ जना र २० जना वडा अध्यक्षको पद रिक्त छ । ४ मंसिर २०७९ मा इलाम–२ प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत १५ भदौमा निधन भएको थियो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशसभामा बझाङ (१) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा गत ५ असारमा निधन भएको थियो । निर्वाचन आयोगले वैशाखमा उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारी त सुरु गरिसकेको छ । तर निर्वाचन घोषणा भएपछि पनि १२० दिनको समय तयारीका लागि चाहिने भएकाले अब सरकारले मिति घोषणामा ढिलाइ गर्न नहुने आयोगका अधिकारीहरु जनाउँछन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै पद रिक्त भए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । चुनाव घोषणा भने निर्वाचन आयोगको परामर्शमा सरकारले गर्ने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि
अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक