बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काँग्रेसमा वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न मंत्रीबाटै माग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
काँग्रेसमा वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न मंत्रीबाटै माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने जनाएका छन्।

ललितपुरको गोदावरीमा सोमबारबाट सुरू भएको महासमिति बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्। साथै उनले पदाधिकारीले गरेका गल्तीहरूलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने जनाए । यस्तै पार्टीको सांगठनिक संरचना सुधार गर्ने महासमितिले अधिकार राख्ने भन्दै उपसभापति गुरुङले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ । मुसाले धेरै बच्चा जन्माउँछ। हात्तीले एउटा जन्माउँछ तर, त्यही शक्तिशाली हुन्छ।’ काँग्रेसमा फेदमा बस्नेले दुख गर्ने टुप्पोमा बस्नेले मात्रै खाने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए। ‘हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्ने छ। यो हुन नसक्नु भनेको भ्रष्टचार मौलाउनु हो।

जबसम्म भूँइमा भएकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन तबसम्म केही  गर्न सकिदैन,’ उनले भने। उपसभापति गुरूङले आर्थिक,सामाजिक, अन्तर्राष्ट्रिय लगायत नीतिहरू बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातन्त्र समाजवाद हुनुपर्ने र झु्पडी र महलमा बस्नेलाई जोड्ने भनेको प्रजातान्त्रिक समाजवादले नै भएको जिकिर गरे। ‘कोरोनाका कारण अस्ताएको अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा अघि बढिरहेको छ।

परिवर्तन अझै ह्वात्तै फड्को मार्न सकिएको छैन, यसमा क्रोनी क्यापिटालिजम्ले हो कि भन्ने विषयमा बहस गरपनुपर्दछ। क्रोनी क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएको छैन। यसका विरुद्धमा महासमितिले एकमत भएर उभिएर समाधान लगेर जानुपर्दछ’, उपसभापति गुरुङले भने। यसअघि बैठकको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधनको प्रस्ताव अघि बढाउनुपर्ने जनाएका थिए। संविधानले जारी गरेको शासकीय स्वरुपको मूलभूत विषयमा प्रभाव नपर्ने गरी संविधान संशोधनको लागि छलफल गर्न देउवाले प्रस्ताव गरेका हुन्। उनले सत्ता गठबन्धन संविधान रक्षाको लागि गरेको कारण राजनीतिक स्थिरताको लागि यसको निरन्तरता जरुरी रहेको पनि जनाए।

त्यस्तै,  भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने सन्दर्भमा पार्टीले तत्कालको राजनीतिक औचित्य र सान्दर्भिकताका आधारमा तय गर्ने पनि उनले जनाए।

देउवाले महामन्त्री गगन थापाको प्रस्तावविपरीत गठबन्धन अहिलेको आवश्यकता भएको औँल्याएका थिए। यसअघि गठबन्धनका विषयबारे देउवा निवास बुढानिलकण्ठमा महामन्त्री गगन थापासहित बैठकमा बसेका थिए। महामन्त्री थापा गठबन्धनको विपक्षमा भए पनि सभापति देउवाले भने गठबन्धनको आवश्यकता रहेको जिकिर गर्दै आएका छन्।

देउवा निवास बुढानिलकण्ठमा भएको बैठक निष्कर्षविहीन भएको थियो। महासमिति बैठकको उद्घाटनपछि महामन्त्रीसहितको छलफल फेरि सुचारु गर्ने बताइएको छ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

४ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक