बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मुख्यमन्त्री यादवले पाए बहुमत सदस्यको विश्वासको मत

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मुख्यमन्त्री यादवले पाए बहुमत सदस्यको विश्वासको मत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम / मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन्। जनमत पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आइतबार विश्वासको मत लिएका मुख्यमन्त्री यादवको पक्षमा ६९ जनाले मतदान गरेका छन्।

प्रदेशसभामा कुल १०७ जना सदस्य कायम रहेकोमा १०४ जना उपस्थित हुँदा ६९ जनाले उनको पक्षमा र ३५ जनाले उनको विपक्षमा मतदान गरेका हुन्।

यसअघि विश्वासको मत लिँदा सिंगो सदनको विश्वासको मत पाएका मुख्यमन्त्री यादवलाई तेस्रो पटक भने नेकपा एमाले र जनमत पार्टीले उनको विपक्षमा मतदान गरेका हुन्।

यसअघि जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवले सप्तरीको राजविराज स्थित कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको घटनाको विरोध गर्दै मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेका थिए।

बैठक अवरुद्ध भएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए। मुख्यमन्त्री यादवले अर्को बैठकमा त्यसको जवाफ दिने सदनमा जानकारी गराए।

यता, बैठक पुनः सुचारु भएसँगै मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १७५ को नियम १४३ उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत मागेपछि त्यसमाथिको छलफल सुरु भएको थियो।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य उपेन्द्र महतोले यो सरकारलाई समर्थन दिने लायक कुनै काम नगरेको टिप्पणी गरेका थिए।

प्रदेशसभा बैठकमा उनले सरकारलाई समर्थन लिनुभन्दा पहिला एउटा रिपोर्टकार्ड प्रस्तुत गर्नुपर्ने भन्दै उनले भने, ‘५/६ वर्षदेखि सुन्दै छु, संघ सरकारबाट लडिरहेको छु प्रहरीका लागि। कर्मचारी समायोजनका लागि। त्यो त हामी पनि लडिरहेका छौँ। तपाईले के गर्नुभयो ? यसका लागि संघीयता ल्याइएको थिएन। संघीयता धेरै बलिदानीपछि आएको छ।’

उनले आफ्नो सरकार भए पनि अहिले आफ्नोपन नरहेको बताए। उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु । हामी केन्द्रमाथि आरोप लगाउँछौँ भेदभाव भयो, बजेट दिइएन । भेदभाव हुन्छ तर पाएको बजेट पनि खर्च हुँदैन।’

उनले सात वर्षदेखि जसपानै सरकारको नेतृत्व गरिरहेको तर कुनै उपलब्धि नभएको टिप्पणी गरे । उनले प्रदेश कसरी बढ्छ, समृद्ध हुन्छ त्यसमा नलागेर आफ्नै मन्त्रिपरिषद्का मन्त्रीलाई कुटनु ठीक नरहेको बताए।

‘पछिल्लो ५ वर्ष हाम्रो मुख्यमन्त्रीजीले एउटै कुरा गर्नुभयो एक संघीयता नयाँ हो अर्को कर्मचारी हामीलाई टेर्दैन् । पाँच वर्ष त्यसैमा गयो। यस पटक फेरि नयाँ मुख्यमन्त्री, मन्त्रीहरु छन्। फेरि उनीहरु सिकिरहेका छन्’, उनले अगाडि भने, ‘तपाईहरुले मधेस प्रदेशलाई प्रयोगशाला बनाएर राख्नुभएको छ ? तपाईहरु प्रयोगशालामा टेष्ट गर्दै जानुहुन्छ, मधेस मर्दै छ। यो तरिका भएन।’

लोसपा सांसद महतोले आशमा विश्वासको मत दिइरहेको कि सुध्रिन्छ तर नसुध्रिरहेको बताए। उनले व्यक्तिगत रुपले प्रदेशको कामकाजले सन्तुष्ट नरहेको भन्दै आश र सुध्रिने भरोसाका कारण लोसपाले विश्वासको मत दिने जानकारी दिए।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

११ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक