बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बलत्कारपछि हत्याको विरुद्ध न्याय माग्दै काठमाडाैं पुगे बुबा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बलत्कारपछि हत्याको विरुद्ध न्याय माग्दै काठमाडाैं पुगे बुबा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत पुषमा बलत्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषि उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् ।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमा न्यायका लागि साथदिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।”

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्सहान नभई जबरजस्तिकरणी र हत्या नै भएको दाबि गरेका छन् । ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको दाबि गरे । घटना भएको पुष १ गते राती ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने “मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।”

एकीकृत दलित मुक्ति मोचा,नेपालका संयोजक दर्शन कुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु कुनै पनि हदसम्म जाने बताउँदै भने,“मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदा घटना आत्महत्या दुरुत्सहान नभई जबजस्तिकरणी र हत्या नै भएको भएको देखिन्छ ।”

संयोजक नेपालीले बलत्कार पछि हत्या नै भएको आधार दिदै भने,“मंसिर २९ गते भागि बिहे गरेकी बिपना नेपालीलाई पुर्यान गएकी मृतक रेजिनाका ३ जना साथिहरुलाई फर्किर्ने क्रममा नाइन भन्ने ठाउँमा गडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५–३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिबादी रावतसँगै हुनु, प्रतिबादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु,पीडितले दिएको बलत्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्सहानको जाहेरी दिन दाबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टि गर्न मनोवैज्ञानिकरुपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नुलगायतका अन्य अदृष्य षड्यन्त्र हुनु प्रतिबादी बचाउनु मुख्य आधार हुन ।”

पीडितले न्याय नपाए त्यसको दोषी सिंगो एकात्मक ब्राह्मणबादी राज्य व्यवस्थ हुने र त्यसको डटेर प्रतिबाद गरिने नेता नेपालीले चेतावनी दिए ।

सो मोर्चाका नेता राम नेपालीले सो घटनालाई ओझेलमा पारी पीडकलाई उन्मुक्ति दिने अनेक षडयन्त्र भईरहेको बताउँदै भने“स्थानिय सरकार,संसदिय राजनीतिक पार्टीका नेताहरु,प्रहरी प्रशासन्लगायत सरोकारवालाहरु जिम्मेवार नहुनुले उत्पीडित दलित समुदायले गम्भिर संकटको सामना गर्नु परेको देखिन्छ ।”

के हो घटनाः
गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखी पोइली घरसम्म छोड्न २ नम्बर वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए । सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किसोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि गाडिमै फर्काएका थिए ।

त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको परिवारको आरोप छ ।
घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको थियो । त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीकोे भनाई छ । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् । प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमार्टम रिपोर्टमासमेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासनदेखी, विभिन्न राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ

मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ

१२ घण्टा अगाडि
नक्कली नोट र लागुऔषधसहित पक्राउ

नक्कली नोट र लागुऔषधसहित पक्राउ

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक