काठमाण्डौ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहोरी गीत सुन्न सेनाको हेलिकोप्टरमा धादिङ पुगेर फर्कनुभएको छ ।प्रधानमंत्री प्रचण्ड लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित खुल्ला प्रतियोगितामा सहभागी हुन हेलिकोप्टरमा सवार हुनुभएको हो ।
आज बिहान ११ बजेतिर आठजना सदस्यहरुसहित नेपाली सेनाको हेलिकोप्टरमा बालुवाटारबाट त्यता जानुभएको थियो । आजै पौने ५ बजे सोही हेलिकोप्टरमा उहाँ बालुवाटार फर्किसक्नु भएको छ ।