शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलेका पाँचतारे होटल धमाधम कारबाहीमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
चलेका पाँचतारे होटल धमाधम कारबाहीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  पछिल्ला केही दिनयता नाम चलेका पाँचतारे होटल धमाधम कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचतारे होटलमा म्याद गुज्रिएका खाद्यवस्तु र बिनालेबलका वस्तु फेला परेपछि कारबाहीमा परेका हुन् ।

बिहीबार काठमाडौँको बौद्धमा रहेको हायात होटलको अनुगमन गर्ने क्रममा म्याद गुज्रिएका डेरी उत्पादन र पेय पदार्थ भेटिएपछि म्याद गुज्रिएका सामान नष्ट गरी तीन लाख रुपियाँ जरिबाना गरेको विभागले जनाएको छ । विभागका निर्देशक एवं बजार अनुगमन संयोजक आन्नदराज पोखरेलले देशकै ठुला र पाँचतारे होटलको भान्सामा म्याद गुज्रिएका र लेबलबिनाका वस्तु भेटिनु आश्चर्यजनक भएको बताउनुभयो ।

उहाँका अनुसार बुधबार बत्तिसपुतलीमा रहेको द्वारिकाज होटल अनुगमन गर्ने क्रममा पनि यस्तै समस्या भेटिएपछि जरिबाना गरिएको छ । बबरमहलमा रहेको बसेरा बुटिक होटल र लाजिम्पाटको ला हिमालयन होटलले म्याद गुज्रिएका खाद्यवस्तुको प्रयोग गरेकाले जरिबानामा परेका छन् ।

विभागका अनुसार ती होटलका भान्सा र स्टोरमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि चार ठुला होटललाई तीन लाख रुपियाँका दरले १२ लाख रुपियाँ जरिबाना तिराइएको छ । विभागका निर्देशक तथा बजार अनुगमन संयोजक आनन्दराज पोखरेलले विभागको नियमित अनुगमनका क्रममा ती होटलका भान्सामा प्रयोग हुने दुध, ब्रेड, दही, जुस, आँटालगायतका खाद्यवस्तु म्याद गुज्रिएका भेटिएपछि जरिबाना गरिएको जानकारी दिनुभयो । ती होटलको अनुगमनका क्रममा हिमालयन होटलमा १० हजार आठ सय रुपियाँ, द्वारिकाज होटलमा ११ हजार रुपियाँ र बसेरा बुटिक होटलमा दुई हजार २८० रुपियाँ बराबरको म्याद सकिएको सामान भेटिएको थियो । ती सामान अनुगमन टोलीले नष्ट गरेको थियो ।

यो पनि पढ्नुहोस्

कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज

कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज

८ मिनेट अगाडि
एनपीएलको  आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा

एनपीएलको आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक