काठमाडौं । पूर्वमन्त्री अग्नि खरेलले वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी रहेको बताएका छन्।
बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु अहिलेकै निर्वाचन प्रणालीबाट बहुमत ल्याउने दाबीका साथ हिँड्नु उचित नहुने बताए।
उनले मिसन ०८४ भन्दै हिँडे पनि यही निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने दाबी गरे। उनले अहिलेको संविधानमा धेरै कमजोरी रहेकाले संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे।
पूर्वमन्त्री खरेलले अब संविधान नयाँ बनाउने नभइ भएको संविधानमा संशोधन गरेर वा सर्वोच्च अदालतको फैसलाको माध्यमबाट सुधार गर्न सकिने बताए।