बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन्द चिनी कारखाना चलाउन सकिने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
बन्द चिनी कारखाना चलाउन सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज । दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी काराखानाको अतिक्रमित जग्गा र बाँडिएको जग्गा खोजिने भएको छ। बन्द अवस्थामा रहेको चिनी काराखनाको जग्गा पछिल्लो समय अतिक्रमणमा परेको तथा विभिन्न निकायलाई बाँडिएकोले कारखानाको अतिक्रमित जग्गासँगै बाँडिएको जग्गा पनि खोजिने जनाइएको छ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले वीरगञ्ज चिनी कारखानको अवलोकन गर्दै यस्तो जानकारी प्राप्त भएकाे हाे ।  वि.सं. २०५९ साल फागुन १६ गते मन्त्रिपरिषदको निर्णयले चालु अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानालाई बन्द गर्ने निर्णय गरेको थियो। सोही बेलादेखि बन्द रहेको चिनी कारखानाको जग्गा विभिन्न सरकारी निकायलाई दिइएको छ भने केही जग्गाहरु अतिक्रमणमा पनि परेको छ।

संसदीय टोलीले अवलोकनको क्रममा कारखानामा रहेको मेशिन रसियन मेशिन भएको तथा त्यसबेलाको फलामको क्वालिटी र मेशिनको क्वालिटी बलियो भएकाले कारखानालाई लाई फेरि सञ्चालन गर्न सकिने जानकारी दिएको छ। वीरगञ्ज चिनी काराखानाको बारेमा बाहिर चलेको हल्ला गलत भएको तथा वीरगञ्ज चिनी कारखानालाई चलाउन सकिन्छ भन्ने राय अब आफूहरुले दिने उपसमितिका संयोजक एवं बारा–४ का सांसद किसान श्रेष्ठले जनाए ।

काठमाडौं गएर वीरगञ्ज चिनी कारखानाको सम्पति के कस्तो अवस्थामा छ भन्ने बुझ्ने कोशिस गर्ने उनले जनाए। ‘कतै सशस्त्र प्रहरीले लिएको छ, कतै अदालतले लिएको छ, त्यो त बेहाल छ नि,’ उनले भने, ‘यस विषयमा उपसमितिले वीरगञ्ज चिनी काराखानाको सम्पति के कति छ कस्तो अवस्थामा छ त्यो पनि हामी खौज्छौँ।’

वीरगञ्ज चिनी कारखानासहित मधेस प्रदेशको रौतहटस्थित बन्द अवस्थामा रहेको श्रीराम सुगर उद्योग, चालु अवस्थामा रहेको बारा, सर्लाहीको चिनी उद्योगको पनि आफूहरुले अनुगमन गरिरहेको श्रेष्ठको धारणा छ।

वीरगञ्ज चिनी कारखानाको जग्गामध्ये सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सालाई ६ विगाह १० धुर, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जलाई दुई विगाह, उच्च सरकारी वकिलको कार्यालयलाई एक विगाह र कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सालाई एक विगाह जग्गा विभिन्न समयमा दिइएको छ।

दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी उद्योगलाई चलाउन सकिने तर बजारमा चल्न सक्दैन भनेर गलत हल्ला फैलाइएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले जनाए ।

सरकारको नियत चलाउन सक्ने भए बन्द चिनी कारखाना चलाउन सकिने तर सरकारकै नियत नभएकोले लामो समयदेखि वीरगञ्ज चिनी कारखाना बन्द अवस्थामा रहेको उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको भनाइ छ। अहिले बन्द रहेको चिनी कारखाना खण्डहरमा परिणत हुँदै गएको छ। त्यहाँ रहेका भौतिक संरचना र करोडौँका सवारीसाधन दिनप्रतिदिन जिर्ण बन्दै गइरहेका छन्।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

१ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक