बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कालिका मन्दिरमा चढाइएको गरगहना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कालिका मन्दिरमा चढाइएको गरगहना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गलकोट । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ ।

बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएकोे जनाएको हो । उक्त मन्दिरले मासिकरुपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताए ।

सार्वजनिक विवरणअनुसार गुठीले ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, जन्तर, नाग र तारलगायत छन् ।

त्यस्तै चाँदीमा तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको थियोे । विसं २०७७ अघि मन्दिरमा चढाइएका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउनु पथ्र्योे । त्यसयता दुई पटकसम्म गरगहना सार्वजनिक भइसकेको उनको भनाइ थियो । विसं २०७७ यताका गरगहना बैंकको लकरमा राख्दै आइएकामा सुन र चाँदीका गरगहना सार्वजनिक कार्यक्रमै एकीकृत गर्न गालिएको थियो ।

विसं २०७८ असोजयता सङ्कलन भएका सुन र चाँदीका गरगहनालाई गालेर तीन तोला ४५ लाल सुन र ३०० तोला ११ लाल चाँदी कायम गरेर बैंकमा दाखिला गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

“गुठी संस्थाने सङ्कलन भएका गरगहना एकीकृत गरेर राख्नु भनेपछि गालेर बैंकमा राख्न थालिएको छ, साना टुक्रा र टीकाजस्ता सुनका गरगहना राख्न असहज हुनेभएकाले गालेर एकमुष्ट राख्न थालिएको छ”, उनले भने, “बैंकको लकरमा सुरक्षिता राखिँदै आइएको छ, गुठी संस्थाले उक्त सुन र चाँदीलाई के गर्ने भनेर निर्णय गर्ला तर मन्दिरको पारदर्शिताका लागि गरगहना सरोकारवाला निकायको रोहवरमा पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्र्दै आइएको छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूलप्रसादबाहेक सुन र चाँदीसहित अन्य धातुका गरगहना पनि चढाउने गर्छन् ।

मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिन भेटी बेलुकी सार्वजनिक बोर्डमा लेख्ने र मासिकरुपमा पत्रकार सम्मेलन गर्ने चलन रहेको छ ।

माघ महिनामा उक्त गुठी व्यवस्थापन समितिले कूल रु १९ लाख ७२ हजार ८० आम्दानी गरेकामा रु २० लाख ३४ हजार आठ सय ६० रुपैयाँ खर्च भएको आम्दानी–खर्च विवरणमा उल्लेख छ ।

माघ महिनामा आम्दानीतर्फ भेटीबाट रु १० लाख ८९ हजार तीन सय ६५, चामलबाट रु १६ हजार पाँच सय, बोकाबाट दुई हजार, कुखुराबाट रु दुई सय, सटर भाडाबाट रु तीन लाख १४ हजार चार सय आम्दानी भएको उल्लेख गरिएको छ । यसैगरी विवाहबाट रु ११ हजार पाँच सय, आर्थिक सहयोगबाट रु ८३ हजार आठ सय ६५, परेवाबाट रु चार लाख ४५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्धबाट रु नौ सय, पण्डितबाट रु आठ हजार एक सय आम्दानी भएको उल्लेख छ ।

खर्चतर्फ तलबभत्तामा रु तीन लाख ५७ हजार नौ सय, अतिथि सत्कारमा रु नौ हजार नौ सय ६०, पूर्वाधार विकास तथा निर्माणमा रु १४ लाख १५ हजार, पूजामा रु ६२ हजार, पोसाक छपाइ तथा वितरणमा रु ३० हजार, मेसिनरी तथा उपकरण खरिदमा रु ३१ हजार, खाद्यान्न तथा आवासमा रु ४१ हजार चार सय, मर्मतसम्भारमा रु २५ हजार, विज्ञापनमा रु दुई हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु ६१ हजार छ सय खर्च भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

१ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक