मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चीन र भारतबीचको अवस्थिति नै नेपालको दुर्भाग्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

भनिन्छ, सबथोक फेर्न सकिन्छ, छिमेकी फेर्न सकिँदैन । यो भनाइ व्यक्तिको हकमा होस् वा देशको, दुवैतर्फ लागू हुन्छ । दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित राष्ट्र नेपालको हकमा पनि यही भनाइ चरितार्थ हुन्छ । नेपालको दक्षिणी क्षेत्रमा भारत र उत्तरमा चीन पर्छन् । यी दुई विशाल राज्य पछिल्लो केही दशकयता तीव्र विकास गरिरहेका छन् । विश्वकै शक्तिको केन्द्र बन्न लागेको चीनलाई विकासमा भारतले पनि पछ्याउँदै आएको छ । दुवै देश विशाल जनसंख्या, बजार, विकास, स्रोतसाधनजस्ता कुराले सम्पन्न हुँदै गएका छन् । तर, त्यति हुँदाहुँदै पनि दक्षिण एसिया विकसित हुन सकेको छैन । न त यहाँ शान्तिको माहोल नै छ । यसको कारण हो, छिमेकी नै ।
महादेशीय हिसाबले सानो क्षेत्रफल भए पनि युरोपका देशहरु विकसित छन् । यहाँ थुप्रै देशहरु भूपरिवेष्ठित छन् । नेपालको सधैं तुलना हुने र नेताहरुले पनि आफ्नो भाषणमा आश्वासनका रुपमा प्रयोग गर्ने देश स्वीजरल्यान्ड पनि नेपालजस्तै भूपरिवेष्ठित हो । नेपालजस्तै हिमाली र पहाडी संरचना भएको यो देश विकासको दृष्टिले भने नेपालभन्दा कैयौं गुणा अगाडि छ । यसको कारण पनि छिमेकी नै हो । छिमेक गतिलो भयो भने त्यसले आफ्नो वरपर पनि राम्रो प्रभाव पार्छ भन्ने उदाहरण पनि युरोप नै हो । युरोपका धेरै देशहरुमा अहिले पनि भिसाको आवश्यकता नपर्ने र एक अर्काको देशमा सहजै आवागमन गर्न पाउने अवस्था छ । यी देशहरु विकास, समृद्धि, खुशी, शान्तिलगायत सूचकहरुमा पनि विश्वमै अग्रणी मानिन्छन् । एकअर्काको विकासमा पनि युरोपका देशहरु एकजुट देखिन्छन् ।
तर, दक्षिण एसियाली देशहरु चीन, भारत, नेपाल, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका लगायतमा केही एकनासको विकास छैन ? किन यहाँ अझै गरिबको संख्या धेरै छ ? किन आतंकवाद, अशान्ति र विवादले यहाँ जरो गाडिरहेको छ ? यसको कारण हो, छिमेकी देशहरुबीचको झगडा, अविश्वास । दक्षिण एसियामा चीन र भारतबीच छत्तीसको आँकडा छ भन्दा हुन्छ । कुनै समय सीमा विवादका कारण युद्ध नै लडेका यी दुई देशका सीमामा अहिले पनि शान्ति छैन । शक्तिसम्पन्नताको हिसाबले विश्वकै एक नम्बरमा आउन खोजेको चीनले दक्षिण एसियामा पनि आफ्नो प्रभाव विस्तार गर्न खोज्दै आएको छ । तर, भारत भने चीनको यो प्रभावलाई घटाउन र आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा छ । यही कारणले भारत चीनभन्दा अमेरिका र पश्चिमा राष्ट्रहरुको नजिक छ । पाकिस्तान र भारतबीच त सुरुवातदेखि राम्रो सम्बन्ध छैन । भारतले माल्दिभ्ससँगको सुमधुर सम्बन्ध पनि गुमाइसकेको छ ।
नेपालको विषयमा पनि चीन एकातर्फ देखिएको छ भने भारत, अमेरिका र पश्चिमा राष्ट्रको एउटा खेमा देखिएको छ । सांस्कृतिक सम्बन्ध, भाषा, कारोबार लगायतका विषयले नेपाल चीनभन्दा भारतसँग नजिक छ । यही कारण नेपालमा धेरै वर्षदेखि भारत हावी हुँदै आएको थियो । कठिन भूगोलका कारण टाढा रहेको चीन अहिले आधुनिक विकासका कारण नेपालसँग थप नजिकिएको छ । यसले भारतको हस्तक्षेपमा केही कमी आएको मान्न सकिन्छ । तर, यी दुई छिमेकीको लडाइँमा नेपाल चेपुवामा परेको छ । यही युरोपका जस्तै देशहरु भएका भए, नेपालले पनि यी दुईको विकासबाट लाभ लिएर आफ्नो कायापलट गर्ने थियो । तर, त्यसविपरीत दक्षिण एसियामा चीन, भारत, पाकिस्तान आदिएको झगडाका कारण त्यसको असर नेपालको विकासमा पनि परेको छ । त्यसकारण यी दुई देशबीचको अवस्थिति नै नेपालको लागि दुर्भाग्य मान्न सकिन्छ ।
उदाहरणका लागि, चार दिने नेपाल भ्रमणमा आएकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको जनाइन् । काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाइन् । केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् । क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चिर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनले धारणा राखिन् ।
केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा उनले त्यही बेला चिनियाँ अधिकारीको मण्डल नेपाल भ्रमणमा आएको भन्दै असन्तुष्टि जनाएका थिए । यसले स्पष्ट हुन्छ कि भारत नेपालमा चीनको उपस्थिति बढेको देख्न चाहँदैन । यस्तै, अमेरिका तथा पश्चिमा राष्ट्रहरु पनि चीनलाई घेर्ने रणनीतिअनुसार नेपालमा आफ्नो भूमिका बढाउन चाहन्छन् । यसरी शक्तिराष्ट्र आआफ्नो स्वार्थअनुसार नेपालमा आफ्नो प्रभाव विस्तार गर्न चाहिरहेका छन् । सबैको स्वार्थका कारण नेपालमा भने राजनीतिक दल, नेता, जनता नै विभाजित हुने अवस्था सिर्जित भएको छ । यही कारणले देशको विकास, संस्कृति, भाषा, धर्म आदिमा मात्र असर परेको छैन, सार्वभौमसत्ता नै खतरामा पर्ने हो कि भन्ने चिन्ता पनि बढेको छ । यस्तो अवस्थामा नेपाल सरकार, राजनीतिक दलका नेताले गर्ने भनेको नै देशको हितविपरीत अन्यसँग कुनै सम्झौता नगर्ने र सन्तुलित कूटनीतिलाई पालना गर्ने हो । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

१० मिनेट अगाडि
जी–७ एजेन्डामा विभेद उन्मूलन गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

जी–७ एजेन्डामा विभेद उन्मूलन गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक