आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारलाई बामदेव गौतमको चेतावनी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
प्रधानमन्त्रीले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छः वामदेव गौतम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले आज भारतको अयोध्यामा आयोजना भइरहेको राम मन्दिरको प्राण प्रतिस्थाको कार्यक्रमप्रति नेपालको स्वाधीनता जोडिएको आशय व्यक्त गर्नु भएको छ । गौतमले सामाजिक सञ्जालमा यस्तो आशयको प्रतिकृया सार्वजनिक गर्नु भएको हो ।

गठबन्धन सरकारले दुई बर्ष पहिले नेपालको कृष्ण गण्डकी नदी किनारमा मात्र पाइने शालिग्राम मध्ये दोश्रो ठूलो करिब दुई टनको शिला भारत सरकारलाई ‘उपहार’ दिएको थियो । यो शिला झण्डै अप्राप्य पुरातात्विक महत्वको बस्तु भएको हुनाले यस्तो बस्तु उपहार दिदा नेपालको संविधानको धारा २७९ को उपधारा २ को १ अन्तर्गतको घ आकर्षित हुनुपर्ने तर्पm गौतमले ध्यानाकर्षण गराउनु भएको छ । यस्तो बस्तु उपहार दिनु भन्दा पहिले संसदको दुई तिहाई बहुमतबाट पारित हुनेगरि दुई देशबीच सन्धी हुनेपर्ने समेत गौतमको सुझाव रहेको छ । गौतमले यो शिला गठबन्धन सरकारका कुनै नेताको व्यक्तिगत बस्तु नभएको तर्फ पनि ध्यानाकर्षण गराउनु भएको छ । प्रस्तुत छ गौतमको भनाई : –

‘नेपालको कृष्ण गण्डकी नदी किनारमा मात्र पाइने शालिग्राम मध्य दोश्रो ठूलो शिला करिव दुई टनको २ बर्ष पहिले तत्कालीन गठबन्धन सरकारले भारतलाई उपहार दियो। यो झण्डै अप्राप्यअवस्थाको पूरातात्विक महत्वको बस्तु हो। यसको अनुसन्धानबाट टेथिस सागरको अवस्थितीको समय टुंगो लाग्न सक्ने यो प्रमाण हो। यो शीलाबाट अयोध्यामा वनाइएको रामको मूर्ती सहितको महाराम मन्दिरमा प्राण प्रतिष्ठापन कार्यक्रम भइरहेको छ। सुन्नमा आएअनुसार नेपालको नाम त्यहां उल्लेख छैन। यो नेपालको संबिधानको धारा २७९ उपधारा २ को १ अन्तर्गत ‘घ’ आकर्षित हुने बिषय हो। यस्तो कृयाकलाप सम्पन्न हुनु अघि नेपाल र भारत सरकारबीच संबिधानको उपरोक्त धारा बमोजिम सन्धी हुनु पर्छ। संसदको २ तिहाई बहुमतबाट सो सन्धी अनुमोदन हुनु पर्छ। उपरोक्त कुनै प्रक्रिया पुरा नगरी आफ्नो गोजीको बस्तु दिए जस्तै गरिएको यो अवैध कामका लागि तत्कालीन नेपाल सरकार सजाय भागी हुनै पर्छ।’
—वामदेव गौतम
अध्यक्ष
नेकपा एकता राष्ट्रिय अभियान
८ माघ २०८०

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

३२ मिनेट अगाडि
रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक