सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

यू-१९ विश्वकप: नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
यू-१९ विश्वकप: नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / आइसीसी यू-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले  पराजित भएको छ। नेपाल यू-१९ विश्वकप इतिहासमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको हो। आइतबार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग  पुरै ५० ओभर ब्याटिङ गरेपनि न्युजिल्यान्डले दिएको ३ सय ३ रनको उच्च लक्ष्य भेटाउन भने सकेन।

यसअघि नेपालले २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराउँदै सनसनि मच्चाएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३८ रन बनायो। नेपालका लागि अर्जुन कुमालले सानदार ब्याटिङ गर्दै ९० रन बनाएका थिए। उनले १०४ बल खेल्दै १२ चौकाको सहयोगमा राम्रो इनिङ खेलेपनि उनले गतिलो साथ पाउन सकेनन्।

नेपालका लागि थप दोहोरो रनको स्कोरका रुपमा कप्तान देव खनालले ३६ रन बनाउँदा दिपक बोहराले १५ रन बनाए। भने आकाश चन्द १४ रनमा आउट भए। पुरै ओभर टिकाउने क्रममा नेपालका सुभाष भण्डारी ३३ तथा तिलक भण्डारी १७ रनमा अविजित फर्किए। न्युजिल्यान्डका लागि मसोन क्लार्कले ३ विकेट लिएका थिए। त्यस्तै एवाल्ड स्रेयुडर र ओस्कार ज्याक्सनले २-२ विकेट लिए। त्यस्तै म्याट रोइ, ज्याक कुमिङ्गले समान १-१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रनको उच्च स्कोर बनाएको थियो। एक समयमा ६७ रन जोड्दा तीन विकेट लिएको नेपाल त्यसपछि भने ‘ब्याग फुट’ मा धकेलियो। क्रिजमा रहेका स्नेहिथ रेड्डी र कप्तान ओस्कार ज्याक्सनले सानदार साझेदारी गर्दै न्युजिल्यान्डलाई उच्च स्कोरमा पुर्‍याउन सफल भएका थिए। यि दुईबिच चौथो विकेटका लागि १ सय ५७ रनको साझेदारी भएको थियो। कप्तान ज्याकसन ७५ रनमा आकाश त्रिपाठी द्वारा बोल्ड हुँदा साझेदारी तोडिएको थियो। तर न्युजिल्यान्डले त्यसपछि पनि विकेट पतन भएपनि उसले रन निरन्तर जोड्दा विशाल लक्ष्य बनाउन सफल भयो।

उसका लागि रेड्डीले १ सय २५ बल खेल्दै ११ चौका र ६ छक्काको सहयोगमा १ सय ४७ रनको नटआउट इनिङ खेले। त्यस्तै ज्याकसनले ८१ बलमा ७५ रन बनाए। थप दोहोरो स्कोरका रुपमा टोम जोनेसले ३३ रन बनाउँदा लुके वाट्सनले १४ रन बनाए। त्यस्तै एलेक्स थोम्सनले १३ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहोरो रनको स्कोर बनाएनन्।

नेपालका लागि सुभाष भण्डारीले ३ विकेट लिंदा गुल्सन झाले २ विकेट ‌लिए। त्यस्तै दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीको नाममा समान १-१ विकेट रह्यो।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

७ घण्टा अगाडि
नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक