सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

२३ औं आहारारा पोखरा गोल्डकप विजेताले पाउनेछ १२ लाख पुरस्कार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
२३ औं आहारारा पोखरा गोल्डकप विजेताले पाउनेछ १२ लाख पुरस्कार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करणको तयारी पूरा भएको छ ।

माघ ९ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूर भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने जनाएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।  त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

विद्यार्थीलाई प्रवेश निशुल्क, प्रत्येक दिन २ जना दर्शक पुरस्कृत हुने

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए । विद्यार्थीहरुले निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ । त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५र५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

२३ औं संस्करणको उद्घाटन खेल आयोजक सहारा क्लब र थ्रीस्टारबीच हुने भएको छ । माघ ९ गते पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा थ्रीस्टार क्लबले ५ पटक उपाधि जितेको छ भने आयोजक सहाराले एकपटकमात्रै जितेको छ । यसअघि आयोजक सहाराले १२ औं आहारारा गोल्डकपमा मनाङमस्र्याङ्दीलाई फाइनलमा १–० ले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

त्यसअघि आयोजक सहारा र थ्रीस्टार दुवै टिम २०६९ को ११ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेका थिए । त्यसबेला थ्रीस्टारले सहारालाई १–०ले हराएको थियो । नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

आयोजक सहाराले अघिल्ल्लो संस्करणदेखि प्रतियोगिताको नाम परिवर्तन गरेको हो । लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगिता २२ औं संस्करणदेखि ‘आहारारा पोखरा गोल्डकप’ बनेको हो । आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण ०५८ सालमा क्याराभान कपको नामबाट भएको थियो । अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

७ घण्टा अगाडि
नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक