काठमाडौं । माइतीघरमा जारी निषेधाज्ञा खारेजीको माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
निषेधाज्ञा तोडेर प्रदर्शन गर्न पुगेका नेविसंघका १७ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरू लाई प्रहरी क्लबमा राखिएको छ । प्रहरी र प्रदर्शनकारीबीच केही समय तँछाडमछाडसमेत भएको थियो ।


