शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयमा लगाए ताला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयमा लगाए ताला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बोदेवर्साइन । मधेश कृषि विश्वविधालयमा आइतबार जनमत पार्टीले ताला लगाएका छन् । मधेश कृषि विश्वविद्यालयमा आफ्नो योगदान रहेको र योगदान गर्दागर्दै कुनै पनि संस्थाले हाम्रो मान मर्दन हुने गरी काम गर्ने पक्षलाई मनोबल घटाउने काम हामीलाई सह्य नहुने प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त राउतले शनिवार सप्तरीमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग जनाउनुभएको हो ।

यस विषयमा मधेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवलाई उद्यृत गर्नुहुँदै विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान ठाकुर भन्नुहुन्छ, “आइतबार बिहान उपकुलपति र मलाई शिक्षामन्त्री यादवले राजविराजस्थित आफ्नै निवासमा बोलाएर कार्यक्रम स्थगनको दवाव दिनुभयो । त्यसको एक घण्टा नबित्दै विश्वविद्यालयमा जनमतका कार्यकर्ताहरूले हामीलाई गलहत्या गर्दै निकालेर विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।” यद्यपि मधेश प्रदेशका शिक्षामन्त्री यादवलाई फोन गरेर प्रतिक्रिया लिन खोज्दा यस विषयमा मलाई औपचारिक जानकारी नरहेको उहाँले  जनाउनुभयो ।

यसअघि नै विश्वविद्यालयको भवन शिलान्यास गर्नको लागि आफ्नो नेता बाहेक अरुलाई बोलाए कार्यक्रम बिथोल्ने र उपकूलपतिलाई कालोमोसो दल्ने जनमत पार्टीले चेतावनी दिनुभएको छ ।

सप्तरीस्थित रहेको मधेश कृषि विश्वविद्यालयमा पठनपाठनको दोस्रो सत्र सुरु भइरहँदा आफ्नो शैक्षिक र प्रशासनिक भवन छैन । उक्त कार्यको लागि सम्पूर्ण प्रक्रिया पुरा भएर ठेक्का सम्झौता भइसकेको छ । त्यही अनुरुप आउने माघ ८ गतेको लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत मधेश प्रदेशका मुख्यमन्त्री समेतलाई बोलाएर भवन शिलान्यास गराउने विश्वविद्यालय प्रशासनको योजना छ । त्यही विषयलाई लिएर जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज सहितका ३५-४० जनाको टोली मंगलबार विश्वविद्यालयको प्रशासनिक कार्यालय पुगेर उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रारलाई श्री भगवान ठाकुरलाई लखेट्ने धम्की दिएका हुन् ।

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएको डाक्टर राउतलाई नै बोलाउनुपर्छ भने जबरजस्ती हुलहुज्जत गर्नुहुँदै उहाँहरू विश्वविद्यालयको प्रशासनिक भवनमा छिरेर उपकूलपति, रजिस्ट्रार लगायतको कर्मचारीलाई धाकधम्की दिँदै दुर्वव्यवहार गरेका हुन् ।

जनमत पार्टीका जिल्ला इन्चार्ज समेत रहनुभएका रामगमन साह, उपराष्ट्रपतिका उम्मेदवार तथा पार्टीका नेत्री ममता झालले उहाँहरुलाई थर्काउँदै भन्नुभयो, “तपाईहरू अन्य जिल्लाबाट आएर सप्तरीमा राजनीति गर्न लाग्नुभएको छ । यो कार्यक्रम तत्काल क्यान्सिल गरेर हाम्रो नेता सीके राउतलाई बोलाउनुस् । अन्यथा तपाईँहरूलाई कालोमसो दलेर यो जिल्लाबाट लखेटछौ ।”

विश्वविद्यालयका रजिस्ट्रार श्री भगवान ठाकुरले बताउनुभएको छ । सरकारबाट हटाउने डरले बौखलाएर विश्वविद्यालयको कार्यक्रम भाँड्ने जनमत पार्टीको पछिल्लो मनसाय देखिन्छ । हामीले माघ ८ गते तय गरिएको विश्वविद्यालयको शिलान्यासको कार्यक्रम भाँड्न जनमत पार्टीले सम्पूर्ण शक्ति लगाइदिएको छ । उहाँले भन्नुभयो, “कृषि विश्वविद्यालयले विगतमा नेता उपेन्द्र यादवको हातबाट कार्यालय उद्घाटन गराएर विगतमा गल्ती गर्नुभएको हो । आउने दिनमा अब गल्तीहरु नदोह्याउन सबै पार्टीका नेतालाई विश्वविद्यालयले सम्मान दिनुपर्छ अन्यथा नराम्रो हुने विद्यालय प्रशासन र उपकुलपतिलाई राजनिति नगर्न चेतावनी दिएको जनमत पार्टी सप्तरीका जिल्ला इन्चार्ज रामगमन साहले स्वीकार्नुभयो ।”

बिना कुनै जानकारी यसरी ३५-४० जनाको समूहमा जिल्ला इन्चार्ज शाह र नेत्री झाको नेतृत्वमा विद्यालयको प्रशासनिक भवनमा एकाएक छिरेर उग्र शैलीमा दुर्व्यवहारपूर्ण भाषाले कुरा गरिरहँदा मैले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गर्दा तत्कालै एसपी साबले १०-१५ जना प्रहरी पठाइदिएर हामी थप दुर्व्यवहार हुनबाट जोगिएको रजिस्ट्रार ठाकुरले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक