नेपालगञ्ज / बाँके प्रहरीले फरक–फरक घटनामा तीन जनालाई चोरी आरोपमा पक्राउ गरेको छ।
प्रहरीले नेपालगञ्ज–१५ का गुड्डु जसगढ, नेपालगञ्ज–२२ का हकिकत अलि किङरिया र नेपालगञ्ज–१४ का राजु जसगढलाई चोरीको आरोपमा पक्राउ गरेको हो।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार गुड्डुले नेपालगञ्ज–९ मा घरमा राखेको इरिक्सा चोरेका थिए।
प्रहरीका अनुसार हकिकतले नेपालगञ्ज मेडिकल कलेजका बिरामी र कुरुवाको मोबाइल चोरेका थिए भने राजुले नेपालगञ्ज–१० भृकुटीनगरमा ने १ ह १०३६ नम्बरको इरिक्सा चोरेर लैजाँदै थिए।


