काठमाडौं । नेपाल बैंक लिमिटेडले तीन जना लेखापरीक्षक नियुक्त गरेको छ ।
बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो ।
चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०-८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।
_EXMtxN11S3.png)
 
                                 
			 
                                 
			 
                                 
                    
 
                                 
                                 
                                

