सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेश आन्दोलनको उपहास गरिएकाले चिन्ता व्यक्त

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
मधेश आन्दोलनको उपहास गरिएकाले चिन्ता व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदापनि मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

आजपाले मधेश आन्दोलनका प्रथम शहीद महतोको सहादत दिन माघ ५ गतेको सन्दर्भ पारेर मनाईने बलिदान दिवसको विशेष अवसरमा देश र जनताका लागी आफ्नो अमूल्य जीवनको उत्सर्ग ९बलिदान० गर्नेहरुप्रति उच्च श्रद्धा एवं सम्मान व्यक्त गरेको छ ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ति जारी गर्दै आम मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गर्दै मधेशका कथित ठेकेदार र मसीहाहरुले आफ्नो पर्सनल, पारिवारिक र पार्टीगत सत्ता स्वार्थ सिद्धिको संकिर्णतामा रुमलिरहेको आरोप लगाएका छन् ।

‘मधेश विद्रोह मार्फत प्राप्त जनादेशको मुल र भावना विपरीत कथित मधेश केन्द्रित दल र तीनका छद्मवेशी बहुरुपिया नेताहरु नै विगतदेखि वर्तमानसम्म पटक पटक सत्ता लिप्सा र कुर्सीका लागी हाम्रा महान शहीदहरुको सपनासंग सौदाबाजी गर्दै आएको घृणित ठगी, भ्रष्टिकृत धोखाधडी, बेईमानी र गद्दारीप्रति कडा शब्दमा निन्दा एवं घोर भर्तस्ना गर्नुको साथसाथै आम जनभावना र शहीदहरुको अधुरा सपनाहरुलाई सार्थकता प्रदान गर्ने गराउने पथमा हामी निरन्तर अगाडि बढिरहने दृढ़ संकल्प समेत गर्दछौं’साहले विज्ञप्तिमा भनेका छन् ।

समग्र मधेशको पहिचान एवं स्वाभिमानलाई केवल सप्तरीदेखि पर्साभित्र ८ जिल्लामा सिमित हक अधिकारविहीन प्रदेश बनाउने,कांग्रेस(एमालेको काँधमा आलोपालो सरकार चलाउने,कुर्सीका लागी पटक(पटक मधेशलाई बेचेर अपमानित गर्ने, भ्रष्टाचार र जंगलराजको किर्तिमान खडा गर्ने मधेशका ठग, दलाल, पथभ्रष्ट, चोर एवं गद्दार नेताहरुसंग साँचो अर्थमा भन्ने हो भने शहीदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्ने कुनै नैतिक धरातल अब बाँकी नरहेको आजपाले भनाइ छ ।

हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत पाँच वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

 

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

८ घण्टा अगाडि
शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षक संगठनहरूलाई मान्यता नदिने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक