आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भारत एसियनकप फुटबलमा चौथो पटक समूहचरणबाटै बाहिरियो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
भारत एसियनकप फुटबलमा चौथो पटक समूहचरणबाटै बाहिरियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एएफसी एसियनकप फुटबल प्रतियोगितामा भारत उज्वेकिस्तानसँग ३-० ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा रहेको भारत प्रतियोगितामा लगातार दोस्रो हारसँगै समूहचरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि पहिलो खेलमा भारत अस्ट्रेलियासँग २-० ले पराजित भएको थियो।

कतारको अहमद बिन अली रङ्गशालामा भएको खेलमा उज्वेकिस्तानले पहिलो हाफमा गरेको तीन गोल भारतलाई हराउन पर्याप्त बन्यो। खेलको चौंथो मिनेटमै उज्वेकिस्तानले अबोसबेक फैजुल्लेभको गोलमार्फत अग्रता बनाएको थियो। १८ औं मिनेटमा इगोर सर्गेभले उज्वेकिस्तानको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल पहिलो हाफको इन्जुरी समयमा शेरजोद नसरुल्लाभले गरे।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि भारत गोल गर्न असफल भयो। लगातार दोस्रो हारपछि भारत अङ्क तालिकाको पुछारमा रहेको छ। समूहमा अस्ट्रेलिया ६ अंकसहित नकआउटमा पुग्दा उज्वेकिस्तानले पनि ४ अंक जोड्दै नकआउटचरणको सम्भावना बलियो बनायो। भारतको अन्तिम खेल सिरियासँग हुने छ। सिरियालाई हराएपनि भारतले नकआउट चरणमा स्थान बनाउन सक्ने छैन्।

भारतीय टोलीले एसियन कप पाँचौं पटक खेलेको हो। जसमा टोली लगातार चौथो पटक समूह चरणबाटै बाहिरियो। यसअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा प्रतियोगिता खेलेको थियो। प्रतियोगितामा भारतीय टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनका रुपमा सन् १९६४ मा भएको एसियन कपलाई लिने गरिन्छ। जहाँ टोली दोस्रो स्थानमा रहेको थियो। तर त्यसपछि चार पटक एसियन कप खेलेपनि नकआउटचरणमा स्थान बनाउन भारत सफल भएको छैन्।

यो पनि पढ्नुहोस्

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु

१ दिन अगाडि
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो आयोजना हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो आयोजना हुने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक