आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनबारे !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 यही २०८० माघ ५-६ तदनुसार २०२४ जनवरी १९-२० मा युगान्डाको कम्पालामा  संसारका असंलग्न राष्ट्रहरुको १९औं शिखर सम्मेलन हुँदैछ । सो सम्मेलनमा भाग लिन र सम्बोधन गर्न नेपालबाट कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं गैसकेकाछन् ! यससन्दर्भमा असंलग्न आन्दोलनका संस्थापक नेपालजस्ता राष्ट्र र तिनका नेता-शासकहरुका गतिविधिहरु असंलग्न आन्दोलनका मूल नीति र भावनाविपरीत भैरहेकोले यस सम्मेलनमा नेपालजस्ता मुलुकहरूको सहभागिताको औचित्यबारे प्रश्न उठेको छ ।
यो प्रश्नको उत्तरसँगै असंलग्न आन्दोलनको अर्थ र औचित्य रहे-नरहेको, यो आन्दोलनको मर्म र भावनालाई नेपालले वर्तमानमा आत्मसात गरे-नगरेको विषय अनि नेपालले अवलम्बन गर्नुपर्ने सही परराष्ट्र नीतिबारे संकेत साथै नेपालजस्ता भनाइ एउटा र गराइ अर्को, नीति एउटा र कृति अर्को गर्ने देश र तिनका कथित नेता-शासकहरुका सन्दर्भमा असंलग्न आन्दोलनको अर्थ र औचित्य रहे-नरहेकोबारे समेत चर्चा गर्नु वान्छनीय भएको छ ।
१. असंलग्न आन्दोलनको अर्थ र उद्देश्य :
असंलग्न अभियान कुनै शक्तिराष्ट्रहरुको सैन्य गठबन्धनमा नलागेका, नलाग्ने प्रण गरेका अनि स्वतन्त्र र तटस्थ बसेर विश्वमा शान्ति, न्याय, समानता, स्वतन्त्रता, स्वाभिमान, मानवता, भ्रातृत्व र विश्ववन्धुत्वको प्रबर्द्धनको निम्ति योगदान गर्ने ध्येय राखेका राष्ट्रहरूको आन्दोलन हो । सारमा असंलग्न अभियान भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक संगठन, सैन्य कार्यवाही, सैन्य अभ्यासलगायतका सैन्य गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसप्रकारका गतिविधिहरुलाई निरुत्साहित गरेर विश्वशान्ति र स्वतन्त्रतामा सहयोग गर्ने आन्दोलन भन्ने बुझिन्छ ।
२. असंलग्न आन्दोलन गठनको इतिहास र पृष्ठभूमि :
यो आन्दोलनका सन्दर्भमा सर्वप्रथम सन १९५५ को अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङ सहरमा अफ्रो–एसियाली क्षेत्रका २५ भन्दा बढी मुलुकका नेताहरूले भेला सम्पन्न भै यसको सामान्य अवधारणा कोरेका थिए । तत्पश्चात्  त्यसैको आधारमा सन् १९६१ मा बेलग्रेडमा विश्वका थुप्रै राष्ट्रहरुको सहभागितामा प्रथम शिखर सम्मेलन गरी असंलग्न आन्दोलनको औपचारिक रुपमा स्थापना भएको हो । भारतका प्रथम प्रधानमन्त्री
जवाहरलाल नेहरू, चीनका प्रथम प्रधानमन्त्री चाउ एन लाई, बर्माका प्रथम  प्रधानमन्त्री ऊ नू, इन्डोनेसियाका पहिला प्रधानमन्त्री सुकार्नो, इजिप्टका दोस्रा राष्ट्रपति गमाल अब्देल नासिर, घानाका पहिला राष्ट्रपति क्वामे क्रुमा र नेपालका कार्यकारी राजा महेन्द्र र युगोस्लाभियाका  राष्ट्रपति जोसिप ब्रोज टिटोको अगुवाइमा यो आन्दोलनको स्थापना भएको थियो । यीमध्ये पनि असंलग्न आन्दोलनका संस्थापक प्रणेता टीटोलाई मानिन्छ । हाल यस अभियानमा १२० देशहरु सदस्य रहेका छन् भने १८ राष्ट्रसहित र केही संस्थाहरु पर्यवेक्षकको रुपमा आबद्ध छन् ।
दोस्रो विश्वयुद्धपछि विश्वमा आणविक शक्तिसम्पन्न विपरीत विचारधाराका दुई नायक राष्ट्रहरु संयुक्त राज्य अमेरिका र सोभियत रुस कायमै रहे । यी दुई अतिमहाशक्ति राष्ट्रमध्ये अमेरिकाले विश्व पुँजीवादको रक्षा, विकास र विस्तारको नेतृत्व गर्थ्यो र अद्यापि गर्दै छ भने सोभियत रुसले विश्व समाजवादको रक्षा, विकास र विस्तारको नेतृत्व गर्थ्यो । उनीहरुका आआफ्ना नाटो र वार्सापैक्ट जस्ता दुई शक्तिशाली अन्तर्राष्ट्रिय सैन्य संगठन पनि थिए । तिनै विचार र संगठनहरुका आधारमा विश्व दुई ध्रुवमा विभाजित हुन थाल्यो ।  त्यो अवस्थामा कुनै ध्रुवमा नलागेका  र लाग्न नचाहने स्वतन्त्र राष्ट्रहरूलाई पनि कुनै एउटा महाशक्तिको पक्षमा लाग्नैपर्ने अन्यथा आफ्नो अस्तित्व संकटमा पर्नसक्ने परिस्थिति सिर्जना भयो । त्यतिमात्र होइन, ती दुई शक्तिराष्ट्र र तिनका अलाइहरुबिचमा  राजनीतिक र आर्थिक कारणले अस्वस्थ प्रतिस्पर्धा, होडबाजी र द्वन्द्व बढ्दै जाँदा पुन: विश्वयुद्ध हुने सम्भावना थियो । त्यो विश्व परिस्थितिमा यी दुई शक्तिराष्ट्रहरुका सैन्य गतिविधि र हिंसात्मक प्रतिस्पर्धालाई निरुत्साहित गर्दै सम्भावित तेस्रो विश्वयुद्धलाई रोक्न र शक्तिराष्ट्रमा नलागेका वा लाग्न नचाहेर स्वतन्त्र र तटस्थ बस्न समेत खोजेका थुप्रै स्वाभिमानी राष्ट्रहरुको स्वतन्त्रता र अस्तित्वको रक्षा गर्नको लागि असंलग्न आन्दोलनको गठनको आवश्यकता  थियो । यसै पृष्ठभूमिमा स्वतन्त्र  र तटस्थ रहन चाहेका राष्ट्रहरूले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे । यसबाट अन्य कतिपय राष्ट्रहरूलाई एउटा महाशक्तिको पक्षमा लाग्न बाध्य हुनुपर्ने परिस्थितिको अन्त्य हुने अपेक्षा गरिएको थियो र केहीहदसम्म त्यो अपेक्षा र उद्देश्य पूरा भएको पनि थियो । यसबाट असंलग्न आन्दोलनको अर्थ र औचित्य सार्थक समेत भएको थियो ।
३. असंलग्न राष्ट्रहरुको परराष्ट्र नीति :
असंलग्न आन्दोलन स्वयंमा कुनै पनि अतिमहाशक्तिसम्पन्न राष्ट्रको पक्ष वा गुटमा लाग्न नचाहने स्वतन्त्र,  स्वाभिमानी र स्वविवेकी साँच्चिकै तटस्थ र असंलग्न राष्ट्रहरुको संगठन भएकाले यसमा संगठित राष्ट्रहरुले आफ्नो परराष्ट्र नीति पनि असंलग्न अर्थात् स्वतन्त्र र तटस्थ परराष्ट्र नीति तय गरे । त्यसको एक सक्रिय सदस्य नेपाल पनि भएकाले हालसम्म औपचारिक र संवैधानिक हिसाबले यसले असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गरेको बताउंँदै आएको छ ।
४. असंलग्न आन्दोलनको सैद्धान्तिक आधार :
यो आन्दोलनको सैद्धान्तिक आधार पन्चशीलको सिद्धान्त हो । पन्चशीलको सिद्धान्त भनेको संसारका सम्पूर्ण राष्ट्रहरुबिच आपसी अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सह-अस्तित्व एवं स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान तथा आर्थिक, सामाजिक र सांस्कृतिक सहयोगको आदान-प्रदान गरेर आफू पनि स्वतन्त्र भएर बाँच र अर्को देशलाई पनि स्वतन्त्र भएरै बाँच्न देऊ र आवश्यक परे बाँच्न  वा बचाउन सहयोग लेऊ-देऊ भन्ने सिद्धान्त हो । यसको अर्थ यो पनि हो कि कुनै एक राष्ट्रले कुनै अर्को राष्ट्रमाथि हस्तक्षेप गर्‍यो, आक्रमण गर्‍यो, सह-अस्तित्वको उल्लंघन गर्‍यो, सार्वभौमिकता र अखन्डताको अपमान गर्‍यो वा आर्थिक-सामाजिक र सांस्कृतिक सहयोगका नाममा सानो, पिछडिएको र कमजोर राष्ट्रको अज्ञानता वा उदारताजन्य कमजोरीबाट फाइदा लिने नियतले काम गर्‍यो भने त्यसको एकल र सामूहिक विरोध गर्ने भन्ने पनि हो । यसरी असंलग्न आन्दोलनलाई प्रभावकारी, अर्थपूर्ण र परिणाममुखी बनाउँदै यसको विकास र विस्तार गरी अन्ततः शक्तिराष्ट्र र तिनका अलाइहरुद्वारा भएका र हुने स्वतन्त्रता, समानता र विश्ववन्धुताविरोधी गतिविधिहरुको विरोध, भण्डाफोर र प्रतिवाद गर्ने पनि असंलग्न आन्दोलनको अभिप्राय र पंचशीलको सिद्धान्तको सार हो ।
५. परिवर्तित विश्वपरिवेशका सन्दर्भमा असंलग्न राष्ट्रहरुमाथिको चुनौती र दायित्व :
आज सोभियत संघमा आएको परिवर्तन अर्थात् त्यहाँ भएको प्रतिक्रान्तिका कारण समाजवादको प्रतिस्थापन भएको छ ।  चीनमा विकसित हुँदै गैरहेको क्रान्तिकारी बैज्ञानिक समाजवादमा परिवर्तन आई चिनियाँ  मोडेलको शान्तिकामी व्यावहारिक समाजवादमा सिमित भएको छ । पूर्वी युरोप लगायतका थुप्रै समाजवादी देशहरुका समाजवादी सत्ताहरु ढलेका छन् भने समाजवाद उन्मुख केही देशहरु पनि कि त रक्षात्मक अवस्थामा छन् कि त भने आ-आफ्नै किसिमले एकल शक्तिको आँट र साहसको भरमा प्रतिवाद त गरिरहेका छन् तर त्यहाँ वैचारिक शुद्धीकरण, ध्रुवीकरण र एकीकरण हुन नसक्दा अमेरिकी नेतृत्वको पुँजीवादी साम्राज्यवाद विश्वमा खुलेआम दादागिरी मच्चाउन सफल रहेको छ । यद्यपि इरान, उत्तर कोरिया, रुस, चीन, क्युवा, भेनेजुएलाजस्ता केही देशहरुले अतिमहाशक्ति राष्ट्र अमेरिकासँग आत्मसमर्पण र गठबन्धन नगरेर स्वतन्त्र रहदै आआफ्नै किसिमले, आआफ्नै शक्ति र साहसमा निर्भर रहेर एक्लाएक्लै जवाफ र दवाव दिने साहस र प्रयास गरेका छन् । यो प्रयास सराहनीय त छ तर पर्याप्त छैन । तथापि विचारधाराका आधारमा पुँजीवाद-साम्राज्यवाद र समाजवाद-साम्यवादका बिचमा भैरहेको तत्कालीन चर्को प्रतिस्पर्धा र द्वन्द्व शिथिल भएतापनि  एकल ध्रुवीय शक्ति सन्तुलनका कारण आज असंलग्न राष्ट्रहरुलाई आफ्नो स्वतन्त्र अस्तित्व रथार्थ असंलग्न आन्दोलनको आवश्यकता र महत्व झन् बढेर गएको छ । यसरी प्रतिस्पर्धा र टक्कर दिने विचारको शीथिलता आउँदा तिनको बिचबाट चलेको असंलग्न आन्दोलनलाई एकल ध्रुवीय महाशक्ति राष्ट्रको चौतर्फी दवदवाका कारण कि आत्मसमर्पण गर वा मर कि त भने एकताबद्ध भएर दृढतापूर्वक लड भन्ने निर्णायक चुनौतिको स्थितिमा पुराएको छ ।
यसैबिच चीन-भारतजस्ता असंलग्न राष्ट्रहरुले सम्पूर्ण असंलग्न राष्ट्रहरुलाई संयुक्त, सुदृढ र सबल पारेर एकीकृत र केन्द्रीकृत रुपमा असंलग्नताको पक्षमा र साम्राज्यवादी शोषण, उत्पीडन, दमन र हस्तक्षेपका विरुद्धमा आफूहरुलाई दृढतापूर्वक उभ्याउनुको साटो एक्ला एक्लै आफूलाई नै शक्तिराष्ट्रमा विकसित गर्दैगरेको अवस्था छ । अझ भारत त हालको नं एक शक्तिराष्ट्र अमेरिका र त्यसका अन्य सहयोगीहरुसँग मात्र होइन अमेरिकाको प्रतिवाद  गर्न सक्ने अर्को राष्ट्र रुससँग पनि साखुल्ले बनेर विचित्रको असंलग्नताको अभ्यास गर्दै आएको छ । यो अवस्थामा त्यसै त सर्वशक्तिशाली मानिएको अमेरिका अझ अन्तर्राष्ट्रिय सैन्य गठबन्धन (नाटो) विस्तार गर्दै जाँदा अमेरिकी नेतृत्वको पश्चिमा साम्राज्यवादको दवदवा, हैकम र हस्तक्षेप दिनानुदिन उल्लेख्य रुपमा बढ्दो छ र विश्वभरी नै गम्भीर चुनौती थपिएको छ । आफूलाई अमेरिकाका प्रतिस्पर्धी र प्रतिद्वन्द्वी बताउने कुनै असंलग्न पुँजीवादी राष्ट्रले वा हिंजो रुसी ध्रुवमा सम्मिलित राष्ट्रले सर्वहारा समाजवादी अन्तर्राष्ट्रियतावादी विचारधाराको आधारमा वा आफ्नै मौलिक विचारधाराको आधारमा विश्वका सम्पूर्ण असंलग्न र शोषित-पीडित राष्ट्रहरु एकजुट गराएर त्यो एकलौटी दमनको प्रतिरोध गर्ने अहं दायित्व आएको छ । तर यो दायित्व बुझ्ने र लागू गर्नेतिर कसैको खास प्रयास भएको देखिएको छैन । यी यावत् कारणले विश्व परिस्थिति र शक्तिसंतुलनमा आएको परिवर्तनसँगै आज अमेरिकालाई सहयोग गर्ने, नाटोमा सहभागी बन्ने अनि अमेरिकी धुरी र नाटोबाट साना, कमजोर, पिछडिएका, प्राकृतिक श्रोतसाधनले भरिएका वा अमेरिकी ध्रुवसँग असहमत हुने र प्रतिस्पर्धा गर्न खोज्ने राष्ट्रहरुमाथि अमेरिकालगायतका पश्चिमा साम्राज्यवादी मुलुकहरुद्वारा भए-गरेका संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय सन्धी, अभिसन्धी र महासन्धिहरु विपरीतका आक्रामक र हस्तक्षेपकारी गतिविधिहरु तीव्रताका साथ बढेका छन् । यद्यपि यो अहिलेको गम्भीर चुनौती अवश्य हो तर यो असमाधेय छैन किनकि यसले नै अब सबै असंलग्न र स्वतन्त्र राष्ट्रहरुलाई बाध्यतावस नै किन नहोस् संयुक्त र सशक्त प्रतिरोधमा लैजाने सम्भावना प्रबल छ । यही सम्भावना पक्रेर अगाडि बढ्नु नै सच्चा असंलग्न राष्ट्रहरुको अहिलेको अहं दायित्व हो ।
६. १९औं शिखर सम्मेलनमा नेपाल-भारतको सहभागिताको के अर्थ होला ?
आफूलाई समाजवादी क्रान्तिकारी र स्वाभिमानी देशभक्त बताउने दस बर्षे जनयुद्धका सुपृमो नेकपा (माओवादीकेन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डजस्ता नेता-शासकहरुद्वारा समेत अमेरिका नेतृत्वको गुटले  नित्तान्त अन्यायपूर्ण र अवान्छितरुपले आफ्नो देश र विदेशमा समेत गरिरहेका आर्थिक, राजनीतिक, कूटनीतिक, कानूनी, धार्मिक, भाषिक, सांस्कृतिक र सैनिक आदि चौतर्फी हस्तक्षेपप्रति मौनता साँध्ने, समर्थन गर्ने, स्वीकार गर्ने र आत्मसमर्पण गर्ने चिन्तन, प्रवृत्ति र गतिविधिहरु भैरहेका छन् । दुखद आश्चर्य र  विडम्बनाको कुरा यो भएको छ कि भारत र नेपालजस्ता असंलग्न आन्दोलनका संस्थापक सदस्य राष्ट्रहरु समेत अहिले आफ्नो घोषित, आधिकारिक र संवैधानिक स्वतन्त्र र असंलग्न परराष्ट्र नीति विपरीत पश्चिमा अमेरिकी धुरीतिर, उसकै सुरक्षा छाताभित्र र ऊसँगै संयुक्त सैन्य अभ्यास गर्दै सैन्य गठबन्धनतिर गैरहेका छन् ! यो पनि असंलग्न आन्दोलनको एउटा अर्को  ठुलो चुनौती हो । यसैक्रममा युक्रेन-रुस युद्धमा भारत र चीन समेत तटस्थ बस्दा पनि नेपाल एक फर्लाङ अघि फाल हालेर युक्रेनको समर्थनमा गएको छ, जो स्पष्टत: अमेरिकी धुरीतिर गएको ताजा प्रमाण हो । यसरी नै नेपाल र भारतले त अमेरिकी सैन्य अभ्यास, तालिम, प्रशिक्षण र इन्डो प्यासिफिक सुरक्षा रणनीतिअन्तर्गतको परियोजना MCC मार्फत विभिन्न संयुक्त हरकतहरु गरिरहेको सन्दर्भमा भैरहेको यो असंलग्न आन्दोलन र यसको १९ औं शिखर सम्मेलनमा यिनीहरुको सहभागीताको के अर्थ र औचित्य होला र ? छैन, बिल्कुलै छैन । छ भने पनि यो चाल त  सत्ताधारीहरुको केबल अरुलाई देखाउने, भ्रम छर्ने र आफ्नो शासन अवधि लम्बाउने खेलभन्दा बढी अरु केही होइन, हुनैसक्तैन र हुनेछैन पनि । उल्लेखनीय के छ भने कम्पाला शिखर सम्मेलनमा पनि अन्य केही अन्तर्राष्ट्रिय मंचहरुमा झैं ठुला, चर्का, राम्रा र चित्ता,कर्षक वक्तव्यवाजी गरेर बाहिर ठुलो चक्मा दिने र त्यसैको आवरणमा शोषित-पीडित जनता र राष्ट्रहरुलाई दिग्भ्रमित पार्ने अनि  भित्रभित्रै त्यसैलाई ढाल बनाएर साम्राज्यवादी- विस्तारवादीहरुसँग बार्गेनिङ गरी आफ्ना व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थ पूर्ति गर्नको लागि सत्ता लम्बाउने षड्यन्त्र सफल पार्ने उद्देश्यका निम्ति भने यो सम्मेलनमा प्रचण्ड र मोदीजस्ताको सहभागीता अर्थपूर्ण नै होला ! अन्यथा उनीहरुबाट अरु भूमिका र अर्थ खोज्नु मूर्खता नै हुनेछ ।
यस सन्दर्भमा एउटा स्मरणीय कुरा के भने केही समयअघि प्रचण्डको भारत भ्रमण र हालै भारतीय विदेशमन्त्री एस. जयशङ्करको नेपाल भ्रमणको क्रममा अन्तर्राष्ट्रिय मुद्दाहरुमा नेपालले पनि भारतले अवलम्बन गर्ने नीति-निर्णय र कामकार्वाहीहरु अनुसार गर्ने भन्ने सहमति भएको छ । यसले गर्दा पनि हाम्रो असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिको ठाडो उल्लंघन त भएकै छ, साथै हाम्रो राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, स्वनिर्णय एवं स्वत्व, अस्तित्व, अस्मिता र सार्वभौमिकताको जिम्मा भारतलाई सुम्पिने कुकर्म समेत भएको छ । यस्ले गर्दा हाम्रो राष्ट्रिय स्वत्व-अस्तित्व माथि नै प्रश्न उठेको छ ।  प्रचण्डद्वारा गरिएको यो महाराष्ट्रघात त हो नै, साथै यो ठुलो राष्ट्रिय गद्दारी पनि हो । यो अवस्थामा यही माघ ५ देखि युगान्डाको कम्पालामा हुन गैरहेको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा नेपालले भारतको पुच्छर भएर अर्थात्  प्रचण्डले मोदीको धोतीको टुप्पो समातेर अमेरिकी सुरक्षाछाता र संयुक्त सैन्य अभ्यासको महिमागान गर्न जानु सिवाय अरु के अर्थ र औचित्य होला र ? हो, एउटा अर्थ र औचित्य त छ ! त्यो हो : घुमफिर, भेटघाट, मनोरञ्जन र मोजमस्ती गर्ने ! अन्यथा भारत र अमेरिकाजस्ता शक्तिराष्ट्रहरुसमक्ष बारम्बार दलाली, गद्दारी र आत्मसमर्पण गरिसकेका नेपाली शासकहरुले असंलग्न राष्ट्रहरुको यो १९ औं शिखर सम्मेलनमा भाग लिनुको कुनै अर्थ र औचित्य छैन । बरु असंलग्न आन्दोलनका शिखर नेताहरु नेहरु र महेन्द्र एवं उनीहरुको नेतृत्वमा हुर्केको आधुनिक राष्ट्र भारत र नेपालले आफ्नो लोकतन्त्र, स्वतन्त्रता, स्वाभिमान र स्वाधीनताको मात्र बदनाम गर्नेछैनन् अपितु असंलग्न आन्दोलनको मूल स्पिरिट असंलग्न परराष्ट्र नीति, पंचशीलको सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको खिल्लि समेत उडाउने छन् !
७. हाम्रो चाहना र कामना :
हामी नेपाल र नेपालीको चाहना छ कि हामीले माथि उल्लेख गरेझैं भूमिका प्रचण्ड र मोदीहरुको किमार्थ नहोस् ! तर दुर्भाग्य यस्तो छ कि यो हामीले हेर्न र बेहोर्न बाध्य छौं । प्रयास र संघर्ष गरौं, एक न एकदिन त अवश्य यी सबै जालझेल र दुष्ट्याइँ-फट्याइँको अन्त्य हुनेछ । त्यसैले आशा र कामना गरौं कि यस १९औं शिखर सम्मेलनका क्रममा सम्पूर्ण स्वतन्त्र, स्वाभिमानी र सार्वभौम सच्चा असंलग्न राष्ट्रहरुले यो आन्दोलनको मर्म र उद्देश्यमा प्रतिबद्ध हुने, त्यसअनुसार अगाडि बढ्न कटिबद्ध हुने र  आवश्यक परे एकताबद्ध भएर लड्ने र विश्वशान्ति र स्वतन्त्रताको यो असंलग्न अभियानलाई सफल र सार्थक बनाउने प्रण-प्रतिज्ञा गरून् । यसरी सके असंलग्न रहेर नै नसके विपरीत ध्रुवमा सबैजसो शोषित-पीडित राष्ट्रहरु समाहित भएर शक्तिराष्ट्रको एकछत्र हैकमलाई तोडी पूर्ण मुक्ति, सच्चा स्वतन्त्रता  र स्थायी शान्तिको जीवन्त अभ्यास र अनुभव गर्न सकौं  ! असंलग्न राष्ट्रहरुको १९औं शिखर सम्मेलनको सन्दर्भमा यही छ हार्दिक शुभकामना !!
धन्यवाद !
२०८०/१०/४
ललितपुर १४ रानीवुँ ।

यो पनि पढ्नुहोस्

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार

४ मिनेट अगाडि
समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक